विदेशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा फर्काइने

काठमाडौँ । नेपाल सरकारले विदेशमा रहेका नेपालीहरुलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने भएको छ ।

सरकारले ताेकेको प्राथमिकताको मापदण्डमा श्रम करार अवधि सकिएका, सुत्केरी तथा गर्भवती महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू, आफन्तको मृत्यु भई काजक्रियामा बस्नुपर्नेलाई उच्च प्राथमिकतामा रहेका छन् ।

कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकले यसरी प्राथमिकताका आधारमा आफ्ना नागरिकलाई फिर्ता ल्याउने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले यसअघि नै सो बारेमा निर्णय गरिसकेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले तेस्रो मुलुकमा रहेका नेपाली नागरिकलाई प्राथमिताको प्रावधान बनाइ स्वदेश फर्काउने निर्णय गरिएको बताए ।

यसरी स्वदेश फर्कनेहरुलाई नेपाल वायुसेवा निगम वा नेपालका अन्य वायुसेवा निगमबाट उद्धार गरिने जनाइएको छ । सदस्य सचिव विडारीले नेपाल फर्कन चाहने नागरिकको विवरण परराष्ट्र मन्त्रालयले तयार पार्नेछ भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उद्धारको व्यवस्था गर्नेछ ।

यसैगरी, भारतबाट आफ्ना नागरिक ल्याउन  समितिले पशुपतिनगर, काँकडभित्ता, रानी, ठाडी, माडर, मलङ्गवा, गौर, विरगञ्ज, सुनौली, महेशपुर, बेहलिया, तौलिहवा, कृष्णनगर, जमुनाह, गौरिफण्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला नाका तोेकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री