काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि रु १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट अनुमान प्रस्तुत गरेक छन् ।
त्यो चालु वर्षको भन्दा झन्डै ५८ अर्ब रुपियाँले कम हो।
बिहीबार संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै अर्थतन्त्र कोरोना भाइरसको प्रभावमा परेपछि आगामी आर्थिक वर्ष २०७७/७८ को कूल बजेट गत वर्षको भन्दा घटाउनु परेको जनाए । उनले स्रोत व्यवस्थापनतर्फ राजश्वबाट ८ खर्ब ८९ अर्ब, वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड रुपैयाँ, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब र अपुग २ खर्ब २५ अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने जनाए ।
स्वास्थ्य क्षेत्रलाई प्राथमिकता बजेटमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ९० अर्ब ६९ करोड छुट्याइएको छ । उक्त रकम कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा नियन्त्रणका लागि तत्काल आवश्यक पर्ने औषधि, उपकरण तथा उपचारका लागि छुट्याएको अर्थमन्त्री खतिवडाले बताए । स्वास्थ्य क्षेत्रमा गत वर्षको तुलनामा करिब २२ अर्ब रुपैयाँ बढी विनियोजन गरिएको छ। त्यस्तै कोरोनाभाइरस सङ्क्रमण रोकथामका लागि अग्रपङ्क्तिमा खटिएकाबाहेक अन्य कर्मचारीलाई दिइँदै आएको सबै भत्ता खारेज गरिएको छ।
अलपत्र नेपालीलाई स्वदेश फर्काउने
अर्थमन्त्री डा. खतिवडाले विदेशमा गम्भीर स्वास्थ्य जोखिममा परेका, रोजगारी गुमाएका, प्रवेशाज्ञाको म्याद समाप्त भएका तथा अन्य कारणले अलपत्र नेपालीलाई स्वदेश फर्काउने कार्यका लागि बजेट विनियोजन गरिएको जानकारी दिए । कोरोना महामारीले विश्वव्यापी प्रभाव पारेसँगै थुप्रै नेपाली विदेशी भूमिमा अलपत्र छन्। केहीले कोरोना भाइरसकै कारण रोजगारीसमेत गुमाएका छन्। भारत, खाडी, मलेसिया लगायतका मुलुकबाट लाखौं नेपाली स्वदेश फर्कन सक्ने अनुमान गरिएको छ अर्थमंत्री खतिवडाले उनहरुको सीप विकास गरी रोजगारीमा लगाउन सरकारले जोड दिने बताए। कोरोनाका कारण रोजगारी गुमाएका र वैदेशिक रोजगारीबाट फर्केकालाई पारिश्रमिक सहितको जनसहभागितामूलक र प्रविधि सहितको श्रममूलक विकास निर्माणमा परिचालन गर्न बजेट विनियोजन गरेको पनि उनले बताए। विदेशबाट आउने व्यक्तिहरुको अनिवार्य स्वास्थ्य परीक्षण गर्न तथा प्रमुख प्रवेश नाकामा आवश्यक उपकरणसहित हेल्थ डेस्क स्थापना गर्न बजेट विनियोजन गरिएको अर्थमन्त्री खतिवडाले बताए । उनले कोरोना संक्रमण नियन्त्रणको लागि तत्काल आवश्यक औषधि, उपकरण तथा उपचारको लागि ६ अर्ब बजेट छुट्याएको समेत जनाए
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ