एजेन्सी। अमेरिकी ओैषधि उत्पादन कम्पनी नोभाभाक्सले कोरोना भाइरसविरुद्ध बनाएको खोपको मानव परीक्षण शुरु गरेको छ ।
कम्पनीले यसै वर्षको अन्त्यसम्ममा खोप तयार गर्ने उद्देश्यका साथ अष्ट्रेलियामा एक व्यक्तिलाई सुई लगाएर खोप कार्यक्रमको शुभारम्भ गरेको छ ।
परीक्षणको पहिलो चरणमा अस्ट्रेलियामा १३१ जना स्वयंसेवीलाई खोप दिइनेछ र यसको प्रभावकारिता संकेतहरूको मापन गरिने कम्पनीका अनुसन्धान प्रमुख डा ग्रेगरी ग्लेनले बताए ।
कोरोनाभाइरस विरुद्ध विश्वभर एक दर्जन खोपहरू अहिले परीक्षणका क्रममा छन् । प्रायः यी खोपहरू चीन, अमेरिका र युरोपमा परीक्षण भइरहेका छन् ।
ग्लेनले नोभाभाक्सको मुख्यालय मेरिल्यान्डबाट भर्चुअल पत्रकार सम्मेलन गर्दै, “हामी समानान्तर डोज बनाउँदैछौं र हामीले यस वर्षको अन्तमा खोप सार्वजनिक प्रयोगमा ल्याउन सक्षम हुनेछौं”, भने । पशुहरूमा गरिएको परीक्षणमा यो खोपको नतीजा प्रभावकारी देखिएको छ । नोभाभाक्सले यस वर्ष कम्तिमा १० करोड डोज र अर्को वर्ष सन् २०२१ भित्रमा साढे एक अर्ब डोज उत्पादन गर्न सकिने बताइएको छ ।
एनभिएक्स–कोभ२३७३ नाम दिइएको यस खोपको उत्पादन गर्न गत मार्चयता नर्वेस्थित एक संस्थाले ३८ करोड ८० लाख डलर लगानी गरेको छ । मेलबोर्न र ब्रिस्बेनमा भइरहेको परीक्षणको पहिलो चरणको नतिजा जुलाईमा प्राप्त हुने अपेक्षा गरिएको छ । धेरैवटा मुलुकका अरु हजारौं व्यक्तिलाई दोस्रो चरणमा समावेश गरिने बताइएको छ ।
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन