काठमाडौँ । नेपालमा हालसम्मको सबैभन्दा धेरै संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप ११४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यससँगे नेपालमा सङ्क्रमित सङ्ख्या ८८६ पुगेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
उनका अनुसार रौतहटमा ३५, झापामा १७, सुर्खेतमा १५, , दाङमा १५, सप्तरीमा ११, बारामा ८ बागलुङमा ६, रुकुम पूर्वमा ३, सिरहामा २ र मकवानपुरमा १ जनामा स्ंक्रमण पुष्टि भएको हो ।
त्यसैगरी, थप २८ जना आज डिस्चार्ज भएका छन् । संक्रमितहरुमा डेढ वर्षदेखि ६२ जना उमेर समूहका रहेका छन् ।
हालसम्म निको भएर डिस्चार्ज हुनेको संख्या १८३ पुगेको छ ।
अहिलेसम्म ६९९ जनाकाे विभिन्न अस्पतालकाे आइसोलेसनमा रहेर उपचार भइरहेकाे छ भने मृतक सङ्ख्या चार पुगेकाे छ ।
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक