एजेन्सी । चीनले भारतमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउने भएको छ । भारतमा रहेका विद्यार्थी, पर्यटक, व्यापारीसहित समस्यामा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउने निर्णय चीन गरेको हो ।
भारतीय अखबार द इन्डियन एक्सप्रेसको अनलाइन संस्करणका अनुसार भारतस्थित चिनियाँ दूतावासले एक सूचना प्रकाशित गरी स्वदेश फर्किन चाहनेलाई विशेष विमानको टिकट सुनिश्चित गर्न आग्रह गरेको छ । भारत कोरोनाभाइरस सङ्क्रमणको दशौँ सबैभन्दा बढी प्रभावित राष्ट्र बनेपछि चीनले आफ्ना नागरिक फर्काउन लागेको हो । उक्त सूचनामा पछिल्लो १४ दिनमा ज्वरो तथा खोकीको लक्षण भएका बिरामीलाई भने विशेष विमानमा स्थान नपाउने प्रष्ट्याइएको छ ।
यसअघि भारतले चीनबाट आफ्ना ७०० नागरिकलाई गत फेब्रुअरी महिनामा बढ्दो सङ्क्रमणका बीच स्वदेश फर्काएको थियो । चिनियाँ नागरिकलाई स्वदेश फर्काउन भारतको विदेश मन्त्रालय, विभाग तथा चिनियाँ कूटनीतिक नियोगले आवश्यक पहल गर्ने समाचारमा उल्लेख गरिएको छ ।
चीनको वुहान शहरमा पहिलोपटक फेला परेको कोरोनाभाइरस विश्वका १९० राष्ट्रमा फैलिएकाे छ । यसबाट ५४ लाख व्यक्ति सङ्क्रमित भएका छन् । तीन लाख ४० हजारभन्दा बढीको मृत्यु भएको छ ।
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक