लिस्बन, (पोर्चुगल )। भारतले कालापानी क्षेत्रमा नेपाली सीमा र भू-भाग अतिक्रमण गरेको बिरोधमा युरोपेलीमुलुक पोर्चुगलका २५ नेपाली संघ-संस्थाका प्रतिनिधिहरुद्वारा हस्ताक्षरित विरोधपत्र सोमबार मे २५ मा लिस्बनस्थित भारतीय राजदुतावासमार्फत भारतका प्रधानमन्त्रीले नरेन्द्र मोदी समक्ष पठाइएको छ । राजधानी लिस्बनको अलमेदा पार्कमा भेला भएका संघ-संस्थाका प्रतिनिधिहरुले नेपालको राष्ट्रिय झण्डा, प्ले कार्ड, नेपाल सरकारले हालै जारी नेपालको राजनैतिक र प्रशासनिक नयाँ नक्सा सहित प्रदर्शन र छोटो कोणसभा गर्दै हुलाक मार्फत विरोधपत्र पठाएका छन् ।
बिरोधपत्रमा गैरआवासीय नेपाली संघ, प्रवासी नेपाली एकता मंच, नेपाली जनसम्पर्क समिति, नेपाली समाज, जनप्रगतिशील मोर्चा, नेपाल आदिवासी जनजाति महासंघ, महिला समाज, नारी समाज, चितवन समाज लगायत पोर्चुगलमा क्रियाशील २५ नेपाली संघ-संस्थाका प्रतिनिधिहरुको हस्ताक्षर रहेको छ ।
बिरोधपत्र पठाएपछि छोटो प्रतिक्रिया दिदै एनआरएनएन पोर्तुगल अध्यक्ष तिलक गैरेले भने, “नेपालको सीमा रक्षाका खातिर प्रवासमा रहेका सम्पूर्ण नेपालीको पूर्ण ऐक्यवद्धता छ, राजनैतिक, कुटनैतिक सबै माध्यमहरुबाट वार्ता गरेर भारतद्वारा अतिक्रमित नेपालको भू-भाग फिर्ता ल्याउनु पर्छ, पोर्चुगलमा रहेका सम्पूर्ण गैरआवासीय नेपालीहरु नेपाल सरकारको साथमा छौं ।” लिस्बन मै भएको छुट्टै एउटा प्रदर्शनमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी पोर्चुगलको अगुवाइमा जुझारु नेपाली युवाहरुले नेपालको राष्ट्रिय झण्डा फराउँदै भारतीय अतिक्रमणको कडा रूपमा विरोध गरेका छन ।
बिरोधपत्र


बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?