काठमाडौँ । लकडाउनको समयमा अदालतको काम कारबाहीलाई रोकिन नदिन सर्वोच्च अदालतले म्याद सूचना तथा लिखित जवाफ इमेलबाटै गर्न सकिने व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।
भीडभाड कम गर्न तथा कोरोना जोखिमबाट बच्न भौतिक दूरी कायम गर्ने उद्देश्यसहित अदालतमा स्वयं उपस्थित हुनुपर्ने बाध्यतालाई अदालतले हटाएको हो । कतिपय मुद्दामा बहस नोट पनि इमेलबाटै मागिएको छ ।
सर्वोच्च अदालतले शुक्रबार बन्दी प्रत्यक्षीकरणका दुई निवेदनमा लिखित जवाफ इमेलबाटै पठाउन आदेश गरेको छ । यस्तै मुद्दाको जानकारीबारेको म्याद इमेलबाटै दिन पनि आदेशमा भनिएको छ ।
कास्की कारागारको थुनामा रहेका पितृराज सापकोटा र काठमाडौँस्थित कारागारको थुनामा रहेका कृष्ण चौधरीको बन्दी प्रत्यक्षीकरण निवेदनमा यस्तो आदेश भएको छ । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले मुद्दाको लिखित जवाफ इमेलमार्फत नै पेस गर्न विपक्षीहरूका नाममा आदेश गरेको छ । यस्तै अदालतले आदेश, निवेदनसहितको म्याद सूचना पनि इमेलबाटै विपक्षीलाई पठाउन आदेश गरेको छ ।
यसअघि कोरोनासँग सम्बन्धित केही रिट निवेदनमा पनि अदालतले यस्तो सुविधा दिएको थियो । बन्दाबन्दीका कारण समस्यामा पर्नसक्ने म्याद र हदम्याद गुज्रेका मुद्दाको गाँठो फुकाउन गठन भएको बृहत् पूर्ण इजलासमा पनि बहसको सट्टा बहस नोट माग गरिएको थियो । अदालतमा हुने सम्भावित भीडभाड कम गर्न यस्तो विधि अपनाइएको सर्वोच्च प्रशासनले जनाएको छ ।
सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले बन्दाबन्दीको समय अदालतमा हुने भीड कम गर्न सम्भव भएसम्म प्रविधि प्रयोग गरिएको बताए । ढकालले भने, “सम्भव भएका विषयमा हामीले प्रविधि प्रयोगमा जोड दिएका छौँ । यसबीचमा हामीले बृहत् पूर्ण इजलासको बहस नोट पनि इमेलबाटै मगायौँ । अन्य सम्भव भएका मुद्दाका जवाफ र सूचना पनि इमेलबाट पठाएका छौँ । केही निवेदनसमेत इमेलबाट दर्ता गरेर कारबाहीको प्रक्रिया अघि बढाएका छौँ । ”
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ