काठमाडौँ । कोरोना भाइरसको सङक्रमणबाट मृत्यु भएकी महिलाको परिवार डिस्चार्ज भएका छन् ।
धुलिखेल सामुदायिक अस्पतालमा उपचारत उनीहरूको अवस्था सामान्य रहेपछि अस्पतालले शुक्रबार उनीहरुलाई डिस्चार्ज गरेको हो ।
धुलिखेल अस्पतालका प्रशासकीय अधिकृत डा. रमेश माकजूले मृतकको बच्चा, श्रीमान र सासूलाई डिस्चार्ज गरिएको जानकारी दिए । नवजात शिशुमा जण्डिस र राता बिमिरा उठेको भएपनि बाल रोग विशेषज्ञबाट उपचार गराएपछि निको भएको माकजूले बताए ।
महिलाको कोरोनाका कारण मृत्यु भएपछि उनीहरूको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएकोमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको थियो । पछि पुनः बालकको स्वाब परीक्षण गरिएको र त्यसमा पनि रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको धुलिखेल अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा उनीहरुलाई थप एक हप्ता सिन्धुपलाञ्चोक जिल्लाको क्वारेन्टाइनमा राख्नुपर्ने र पुनः आरडीटी परीक्षण गर्नुपर्ने सुझाव दिइएको छ । आरडीटी परीक्षणमा पोजेटिभ देखिए मात्र पीसीआर गरिने अस्पतालले जनाएको छ ।
सिन्धुपलाञ्चोक जिल्लाको बाहृबिसे नगरपालिकाकी महिलाको उपचारका क्रममा जेठ १ गते राति साढे नौ बजे मृत्यु भएको थियो । सुत्केरी महिलाको मृत्युपश्चात कोरोना परीक्षण गर्दा उनीमा कोरोना भाइरसको पोजेटिभ देखिएको थियो । मृत्युपछि परिवारलाई आइसोलेसन वार्डमा राखेर उपचार गराएको थियो भने मृतकको उपचारमा संलग्न चिकित्सक, नर्स, पारामेडिकलगायत गार्डलाई समेत क्वारेन्टिनमा राखिएको थियो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते