पोखरा । नेपालकै प्रमुख पर्यटकीय क्षेत्र पोखरामा सञ्चालित होटलहरु असोजसम्म बन्द हुने भएका छन् ।
कोरोना रोकथामका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले भनेअनुसारको मापदण्ड कायम गर्न अहिलेकै अवस्थामा कठिन हुने भएकाले आगामी असोज महिनासम्म काठमाडौँका होटलसरह पोखराका होटल पनि सञ्चालन नगर्न नसकिने पश्चिमाञ्चल होटल सङ्घले जनाएको छ । सङ्घ अध्यक्ष विकल तुलाचनले भने , “लकडाउन कतिसम्म जाने हो निश्चित छैन । लकडाउन खोलिहाले पनि कोरोना सङ्क्रमणको प्रभाव सकिँदैन । तत्काल विदेशी पर्यटक आउँदैनन् । कहीँकतै आन्तरिक आए पनि फ्रन्टलाइनमै रहेर पाहुनालाई सेवा दिनुपर्ने भएकाले मापदण्ड कायम गर्न गाह्रो छ ।”
पोखरामा ठूला भनिएका पोखरा होटल ग्रान्ड, फिस्टेल, बाराही, टेम्पल ट्री, ल्यान्डमार्कलगायतका होटलमा पहिलेको तुलनामा हाल मात्र १५ प्रतिशत कर्मचारी कार्यरत रहेको पर्यटन व्यवसायी नरेश भट्टराईले बताउनुभयो । अन्य होटलले लगभग पूरै कर्मचारी घर फर्काएका छन् । नो वर्क, नो पेको अवधारणामा बेतलबी राखेका छन् । होटलमा हाल शून्य कारोबार हुँदा तलब दिनसक्ने अवस्था छैन ।
सरकारको नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रलाई खासै सम्बोधन नभएको होटल व्यवसायी बताउँछन् । नेपाल पर्यटन बोर्डका पूर्वसदस्य अग्नि कँडेलले सरकारले व्यवसायीको भावना बुझेर राहत ल्याउनुपर्ने बताए । उनले भने , “सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी लगानी थप्न लगाइयो । व्यवसायीले पनि सकिनसकी ठूलो ऋण लिएर लगानी थपे । महामारीकै कारण देखाएर सरकार पन्छिन मिल्दैन ।”
होटलमा कार्यरत मजदुरलाई तलब खुवाउन धौधौ छ । कारोबार नै शून्य भएको अवस्थामा कसरी तलब खुवाउने भन्नेमै होटल सञ्चालकलाई पिरलो थपिएको हो ।
होटल सङ्घले नै भाडामा सञ्चालित होटललाई घरभाडा छुट गरिदिने व्यवस्था मिलाउन सरकारसँग अपिलसमेत गरिसकेको छ । यस्तै मजदुरलाई छ महिना वा वर्ष दिनसम्म धानिनका लागि प्याकेज दिनुपर्ने माग गरेको छ । होटलले स्वरोजगार सिर्जनासमेत गरेको हुँदा सरकार पन्छिन नमिल्ने उनीहरूको माग छ । पोखराको पर्यटन क्षेत्रमा समग्र चार खर्ब रुपियाँभन्दा बढीको लगानी रहेको पाइन्छ । पश्चिमाञ्चल होटल सङ्घमा मात्र आबद्ध होटलको सङ्ख्या चार सयभन्दा बढी छ । ती होटलमा ३० हजारभन्दा बढी बेड छन् ।
त्यस्तै होटल तथा रेस्टुरेन्टमा गरी पोखरामा हाल २५ हजार कर्मचारी कार्यरत रहेकामा कोरोनाकै कारण ८० प्रतिशत घर फर्काइएका छन् । ती कर्मचारीलाई होल्ड गरी राख्नुपर्ने पुराना पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईको भनाइ छ ।
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय