काठमाडौँ । नेपाल सरकारले नेपालको कालापानी, लिम्पुयाधुरा र लिपुलेक क्षेत्र समेटिएकाे नयाँ नक्सा मन्त्रिपरिषदबाट पारित गरेको छ ।
सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री डा.युवराज खतिवडाले साेमबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले नेपालकाे नक्सा अद्यावधिक गरेकाे बताए । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सो प्रस्ताव परिषदमा ल्याएकोमा परिषद्ले पारित गरेको साेमबार साँझ आयाेजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले जानकारी दिए ।
याे नक्साले नेपालकाे उत्तरी, पूर्वी, दक्षिणी, पश्चिमी अन्तर्राष्ट्रिय सीमाहरूसहित राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटेकाे उनले बताए । उनका अनुसार याे नक्सा नेपालकाे सबै किसिमका प्रशासनिकलगायत सबै प्रबन्धहरूमा प्रयाेग गर्ने गरी सरकारले निर्णय गरेकाे हाे । ”याे नक्सामा नेपालकाे सङ्घीयताअनुरूपका प्रदेश तथा स्थानीय तहहरूसमेत समेटिएका छन्” मन्त्री खतिवडाले भने, ”याे नक्साबमाेजिम निशानछाप, सरकारी कामकाजमा प्रयाेग हुने नक्साहरू, विद्यालयमा पढाइ हुने पाठ्यपुस्तकहरू र सबै सार्वजनिक प्रयाेगमा ल्याइने नेपालकाे नक्सा अद्यावधिक हुनेछन् ।”
नेपालकाे पश्चिमी सीमामा रहेकाे लिपुलेक क्षेत्रमा भारतले सडक निर्माण गरेपछि त्यसको सर्वत्र विरोध भएकाे सरकारले यस्ताे निर्णय गरेकाे हाे । यसअघि सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा पनि भारतद्धारा मिचिएको भूमिसमेत समेटेर नेपालको नक्सा अद्यावधिक गर्ने प्रतिबद्धता जनाएको थियो ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते