काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट दोस्रो व्यक्तिको निधन भएको छ ।
बाँकेको नरैनापुरमा क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवाको कोरोना संक्रमणबाट आइतबार बिहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उनी पाँचदिन अघि भारतको मुम्बईबाट नेपाल आएका थिए ।
उनको मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि सिन्धुपाल्चोककी एक २९ वर्षीया महिलाको कोरोना संक्रमणबाट निधन भएको थियो ।
बिहान एक्कासी स्वास्थ्यावस्था असामान्य भएपछि उनको क्वारेन्टाइनमै मृत्यु भएको गाउँपालिका नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानले बताए । उनका अनुसार बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नुअगावै युवकको मृत्यु भएको थियो ।
क्वारेन्टाइनमा बसेका युवकको मृत्यु भएपछि नरैनापुरबासी त्रसित हुन पुगेका छन् ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान