आसफोर्ड । विश्व नेपाली साहित्य महासङ्ग बेलायतको आयोजनामा कवि विजय हितानको एकल कविता वाचन सम्पन्न भएको छ ।
अाइतबार युकेको आसफोर्डस्थित नेपाली रेष्टुरेण्टमा भएको सो कार्यक्रममा हितानले वातावरण , युद्ध साहित्य र प्रेमले ओतप्रोतले कविताहरु रोचक ढंगबाट वाचन गरेका थिए ।
कवि हितानको एकल वाचन सकिएपछि साहित्यकार जानुका राईले वाचन गरिएका कविताका बारेमा समिक्षात्मक टिप्पणी गरेकी थिइन ।
सुमधुर वाचन र आप्नो सिर्जनाहरु निरन्तर रुपमा नेपाली समाजमा अगाडि बढाउनका निम्ती कवि हितानलाई प्रमुख अतिथि नेप्लिज कम्युनिटी आसफोर्डका अध्यक्ष सिरीप्रसाद लिम्बुले प्रोत्सहनस्वरुप प्रमाणपत्र हस्तान्तरण गरे ।
उनले यस्ता रचनात्मक कार्यले नै नयाँ विचार नयाँ समाजको विस्तार बन्ने बताएका थिए ।
विश्व नेपाली साहित्य महासङ्घ बेलायतका अध्यक्ष विश्वासदिप तिगेलाको सभापतित्वमा आयोजित कार्यक्रमका सन्चालन पत्रकार रोशन मेवाहाङ्गले गरेका थिए ।
प्रमुख अतिथि, महासंघका अध्यक्ष र स्रष्टाको संयुक्त बाहुलीबाट दिप प्रज्वलन गरी औपचारिक उद्घाटन भएको कार्यक्रम महासङ्घका संरक्षक सदस्य सुरेन्द्र इङनामको बासुरी धुनबाट अघि बढेको थियो ।
एकल सिर्जना वाचनको समापनपछि कविहरु क्रिष्टिना घम, दधिबन्धु घर्तिमगर लगायत आधा दर्जन कविहरुले आ-आफ्नो सिर्जना पस्केका थिए ।
साहित्य महासङ्घ युकेले कवि केदार सुनुवार संकेत, कवि विक्रम सुब्बाको यसअघि नै एकल सिर्जना वाचन कार्यक्रम सम्पन्न गरिसकेको छ । कवि हितानको सिर्जना वाचन तेस्रो श्रृंखला रहेको र प्रस्तुत कविताहरु चाँडै नै अनलाईनमा उपलब्ध हुने महासङ्घ बेलायतले जानकारी दिएको छ।
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न