काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिन्धुपाञ्चोककी २९ वर्षीया महिलाको मृत्यु कोभिड– १९ बाट भएको पुष्टि गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले मृतकको कोभिड –१९संग सम्बन्धित थप परीक्षणपछि कोरोना भाइरसबाट मृत्यु भएको बताउनुभएको छ ।
नेपालमा कोभिड –१९ बाट मृत्यु भएको यो पहिलो घटना हो । अहिलेसम्म कोरोना सङ्क्रमित ३६ जना उपचारपछि घर फर्किसकेका छन् । उहाँका अनुसार ती महिला गत वैशाख २३ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भई वैशाख २४ गते साधारण तरिकाले सुत्केरी भएकी थिइन् । सुत्केरी भएपछि ती महिला वैशाख २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोक घर गएकी थिइन् । घरमा गएपछि ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराइरहेकी थिइन् । उनको स्थिति जटिल बन्दै गएपछि धुलिखेल अस्पताल आउँदै गर्दा बाटामा शुक्रबार बिहान मृत्यु थिएको थियो ।
यसैबीच आज फेरि दुई जनामा संक्रमण देखिएको छ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा धनुषाका २० र ६५ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । मृत महिला र दुई अर्का नयाँ गरी संक्रमितको संख्या २८१ पुगेको छ । उहाँका अनुसार संक्रमितको स्वास्थ्यावस्था सामान्य भएको र ती स्वास्थ्यकर्मीको सम्पर्कमा छन् । मेलम्ची– प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले धुलिखेल अस्पतालमा मृत्यु हुनुभएका बाह्रबीसे नगरपालिका –९ राम्चेका सुत्केरीमा कोरोना पोजेटिभ देखिएको र निधन पनि कोरोनाबाट भएको चिकित्सकीय अनुसन्धानको निष्कर्ष आउँदा दुःख व्यक्त गर्नुभएको छ ।
उहाँका अनुसार सम्बन्धित स्थान र जिल्ला कोरोना क्राइसिस मेनेजमेन्टका तर्फबाट बन्द गरिएको छ । सम्बंधित ठाउँमा आइतबार विज्ञ प्राविधिक टोलीले कन्ट्रयाक ट्रेसिङ गरी आवश्यक सबैको पिसिआर परीक्षण गर्ने छ । धैर्य र सहयोगका लागि सम्बन्धित सबैमा अनुरोध गर्दै उहाँले मृतकप्रति श्रद्धाञ्जलिका साथ बिरामी नाबालकको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उनको पशुपतिमा रहेको विद्युतीय शव दाहगृहमा अन्तिम संस्कार गरिने जनाइएको छ ।


पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते