काठमाडौँ । कोरोना भाइरस नियन्त्रणका लागि नेपाली सेनाले चीनबाट खरिद गरेका १० कन्टेनर सामान नेपाल चीन सीमा खासामा आइपुगेका छन् ।
ती सामग्री आज तातोपानी नाका हुँदै नेपाल भित्रिने तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।
ती सामग्री आवश्यक प्रक्रिया पूरा गरी शनिबारसम्म काठमाडौँ पठाउने तयारी भएको उनले बताए ।
सरकारले निजी कम्पनीलाई अत्यावश्यक सामान ल्याउन ठेक्का दिँदा अनियमितताको विवाद भएपछि सेनालाई जिम्मा दिएको थियो । सेनाले जीटुजी प्रक्रियामार्फत ६७ किसिमका स्वास्थ्य सामग्री खरिद गरेको थियो । तीमध्ये केही सामान विमानमार्फत ल्याइने जनाइएको छ ।