काठमाडौँ ।अन्य देशमा पाको उमेरका मानिसमा कोरोना संक्रमण ज्यादा देखिए पनि नेपालमा हालसम्म देखिएको संक्रमण भने २० देखि ५० वर्ष उमेर समूहमा बढी छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २० देखि ५० वर्ष समूहकमा अत्यधिक संक्रमित रहेकका छन् ।
यद्यपि संक्रमण सबै उमेर समूहलाई हुने सक्ने भएकाले सावधानी अपनाउन मन्त्रालयका प्रवक्त डा विकास देवकोटाले सबैलाई आग्रह गरे ।
प्रवक्ता डा. देवकोटाले हालसम्म पीसीआरबाट २२ हजार ६६४ र आरडीटीबाट ६२ हजार ३२७ जनाको कोरोना परीक्षण भएको जानकारी दिए । उनका अनुसार पीसीआरमार्फत बिहीबार मात्र एक हजार ३६३ जना र आरडीटीबाट दुईहजार आठ परीक्षण भएका छन् ।
यसैगरी अहिले क्वारेन्टाईनमा १५ हजार ६०० जना बसिरहेको उनले बताए भने काठमाडौंँमा छ र बाहिर २६६ जना गरी देशभर २७२ जना आइसोलेसनमा रहेको उल्लेख गरे ।
उनले हालसम्म कर्णाली बाहेक अरु छवटा प्रदेशका २२ जिल्लामा सङ्क्रमण देखिसकेको जानकारी दिए । सङ्क्रमितमध्ये पर्सा जिल्लामा ८५, कपिलवस्तुमा ३९, उदयपुर ३२, रुपन्देहीमा २८, बाँकेमा २५, काठमाडौँ ६, कैलाली ४, रौतहट ३, बारा ३, बाग्लुङ, चितवन, महोत्तरी, भक्तपुर, धनुषा, नवलपरासी, झापा, र सर्लाहीमा दुई दुई जना, सप्तरी, भोजपुर, कञ्चनपुर, धादिङ र बर्दियामा एक एकजना गरी कुल २४६ पुगेको छ ।
विदेशबाट मतदान अधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान