काठमाडौं, – सर्वोच्च अदालतले कोभिड–१९ कोरोना भाइरस प्रकोपको जोखिम न्यूनिकरणका लागि पोलिएमरेज चेन रियाक्सन पिसिआर परीक्षणको दायरा बढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बिहीबार पोलिएमरेज चेन रियाक्सन पिसिआर परीक्षणको दायरा बढाउन आदेश दिएको हो।
अधिवक्ता कमलबहादुर खत्री समेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, स्वास्थ्य मन्त्रालय लगायतलाई विपक्षी बनाइ रिट दायर गरेका थिए। सर्वोच्चको आदेशमा पिसिआर परीक्षणका लागि आवश्यक सामग्रीको अभाव हुन नदिन भनिएको छ। ‘कोभिड–१९ सँग सम्बन्धित रहेको र हालको परिस्थितिमा तत्काल रोग नियन्त्रण गरी आमनागरिको जीवन रक्षा गर्नुपर्ने अवस्था रहेकाले तत्काल पोलिएमरेज चेन रियाक्सन पिसिआर को परीक्षणको दायरा बढाउनतर्फ र सोको अभाव नहुनेतर्फ आवश्यक पहल गर्नु भनि सर्वोच्च अदालय नियमावली २०७४ को नियम ४९ को उपनियम (२)(क) बमोजिम विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ,’ आदेशमा भनिएको छ।
सर्वोच्च अदालतले परीक्षणको कार्य प्रगतिसहित लिखित जवाफ पेश गर्न पनि सरकारका नाममा आदेश जारी गरेको छ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते