लन्डन । गैरआवासिय नेपाली संघ (एनआरएनए) यूकेले कोरोना भाईरस (कोभिड -१९) को कारण बेलायतबाट नेपाल जान बन्चित भएका नेपालीहरुको नामावली संकलन कार्य शुरु गरेको छ। कोरोना भाईरस (कोभिड -१९)ले बेलायतमा लकडाउनमा परेका बुबाआमा, दाजुभाई तथा दिदीबहिनीहरुको नामावली संकलन गर्न एनआरएनए यूके लागेको हो ।
बेलायत सरकार र नेपाल सरकारले हवाईजहाज सुचारु गर्ने वित्तिकै बेलायतमा फर्किने नेपालीहरुको लागत संकलनको जिम्मा उपाध्यक्ष रामचन्द्र पोखरेललाई दिइएको छ ।जिम्मेवारी पाउने वित्तिकै उपाध्यक्ष पोखरेलले संयक्त अधिराज्य बेलायतस्थित नेपाली राजदूतावाससँग समन्वय गरी तथ्यांक संकलनमा लागेको बताए ।
उनका अनुसार बेलायतमा भ्रमणमा आएका, बिद्यार्थीहरु र लकडाउन खुल्ने वित्तिकै नेपाल जान चाहनेको नामावली संकलन गरि नेपाल सरकार, राजदूतावास, ट्राभल एजेन्सी, एयर लाईन्स एवं अन्य सरोकार वालाहरु संग समन्वय गरिनेछ । यो कार्यलाई सहयोग पुर्याउने गरी नेपाल फर्काउ अभियान नाम दिइएको छ । नेपाल फर्काउ अभियान संयोजकमा उपाध्यक्ष राम चन्द्र पोखरेल छन । नेपाल जान चाहनेले आ आफ्नो नामावली निम्न फाराम मार्फत गैर आवासिय नेपाली संघ बेलायतलाई उपलब्ध गराउन पनि अनुरोध गरिएको छ ।
तलको लिंकमा गएर फारम भर्न सकिनेछ ।
https://forms.office.com/Pages/ResponsePage.aspx?id=FM9wg_MWFky4PHJAcWVDViQOek2iu4ZNkjGV2ytG4y1UMjhTVlNSM0MzRTJITkhWS0RPRTlJWVZJMi4u&fbclid=IwAR2K23FDj2vGdM8OXqqUNpK4ns_TMRNOZcMjRr1kQugRQ4qI99522gN2-zA
एनआरएनए यूकेले कोरोना भाईरस (कोभिड-१९) बाट प्रभावितहरुलाई विभिन्न माध्यमबाट राहत एवं अन्य सहयोग गरिरहेको छ ।
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन