काठमाडौं । नेपालमा आज साँझ थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कपिलवस्तुको यशोधरा गाउँपालिका–८ र बुद्धभूमि नगरपालिका–७ का छ जना, रुपन्देहीको समरीमाई गाउँपालिका–७ र लुम्बिनी सांस्कृति गाउँपालिका– ६ का छ जना र बर्दियाको राजापुर–५ का एक जना रहेका छन् ।
सङ्क्रमितमध्ये १२ पुरुष र एक महिला रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सङ्क्रमित ११ देखि ४० वर्ष उमेर समूहका छन् । सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । सङ्क्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालका कुल सङ्क्रमितको सङ्ख्या १३४ पुगेको छ । आज एकै दिन २४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । बिहान १० र दिउँसो एक जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने