काठमाडौँ । नेपालस्थित चिनियाँ दूतावासले नेपालमा रहेका चिनियाँ नागरिकहरुलाई नेपालको कानुन कडाइका साथ पालना गर्न र आफ्ना जायज माग नेपालको कानुनअनुसार राख्न आग्रह गरेको छ ।
शुक्रबार आफू स्वदेश जान पाउनु पर्ने माग राख्दै सिंहदरवार अगाडि चिनियाँ नागरिकले गरेको प्रदर्शनका क्रममा प्रहरीले रोक्न खोज्दा उत्पन्न परिस्थितिका बारेमा काठमाडौँस्थित चिनियाँ दूतावासका प्रवक्ताले प्रेस नोट जारी गर्दै सो कुरा उल्लेख गरेका हुन् ।
प्रेस नोटमा काठमाडौँस्थित चिनियाँ दूतावास र नेपाल प्रहरीबीचको छलफलबाट घटना सही किसिमबाट हल गरिएको निश्कर्ष निकालिएको छ ।
कोभिड १९ महामारीका कारण नेपाल सरकारले जारी गरेको लकडाउन पालना गरी सहयोग गर्न दूताबासले चिनियाँ नागरिकहरुलाई बारम्बार स्मरण गराएको उल्लेख गर्दै अनावश्यक रुपमा बाहिर नजान र हवाइ उडानमाथिको प्रतिबन्ध नहटेसम्मका लागि धैर्यपूर्वक प्रतीक्षा गर्न आग्रह गरिएको छ ।
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय