चीनले दिएको पहिलो लट स्वास्थ्यसामग्री नेपाल आइपुग्यो

काठमाडौँ । चीन सरकारले अनुदानमा दिएको स्वास्थ्य सामाग्री बोकेको जहाज शनिबार नेपाल आइपुगेको छ ।

स्वास्थ्य सामग्री बोकेर अर्को जहाज आइतबार आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । चीन सरकारको सहयोगमा स्वास्थ्य सामाग्री नेपाल आएसँगै अब कोरोनाको परीक्षणमा सामग्रीको अभाव नहुने र परीक्षणको दायरा समेत बढ्ने स्वास्थ्य मन्त्रालयले बताएको छ ।

त्यस्तै नेपाल सेनाले खरिद गरेको स्वास्थ्य सामाग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी शनिबार चीन जाँदैछ ।

शनिबार र आइतबार गरी ४० हजार थान पीसीआर किट, ८ लाख थान सर्जिकल मास्क, ८ लाख थान डिस्पोजेबल मास्क र एन ९५ मास्क २० हजार थान र चस्मा १० हजार थान आउने स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले बताए । उनले  कोरोना परीक्षण शंकास्पद र ट्रेसिङमा आएकालाई मात्र गरिने प्रष्ट पारे ।

शनिबार जहाजबाट छ हजार ८९२ केजी स्वास्थ्य सामग्री ल्याइएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री