
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित पाँच मुलुकका नेपाली समुदायलाई सहयोग गर्ने भएको छ ।
दोस्रोचरण अन्तर्गत एनआरएनएले राहत कोषमा जम्मा भएको रकमबाट सहयोगस्वरुप ५ वटा राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुलाई रकम पठाई सहयोग गर्ने निर्णय गरेको हो ।
संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार दोश्रो चरणमा ५ वटा एनसीसी समेटिएका छन् । अन्य कोरोना प्रभावित क्षेत्रमा क्रमश सहयोग गर्दै जाने नीति एनआरएनएले लिएको छ । दोसो चरणमा सहयोग पाउने एनसीसीहरुमा बहराईनलाई ५ हजार डलर, स्पेनलाई ५ हजार डलर, पोर्चुगललाई ५ हजार डलर, ईटलीलाई ४ हजार र माल्टालाई ३ हजार डलर छ ।
यसअघि एनआरएनएले पहिलो चरणमा कुवेतलाई ५ हजार डलर, युएईलाई ५ हजार डलर, साउदी अरबलाई ५ डलर, साईप्रसलाई ३ हजार गरी जम्मा ४० हजार डलर सहयोग गरेको थियो ।
संघको कोभिड -१९ राहत कोषमा अनलाइनमार्फत आफूले सकेको रकम सहयोग गर्न सकिनेछ । https://nrna.respectinc.net
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते