
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित पाँच मुलुकका नेपाली समुदायलाई सहयोग गर्ने भएको छ ।
दोस्रोचरण अन्तर्गत एनआरएनएले राहत कोषमा जम्मा भएको रकमबाट सहयोगस्वरुप ५ वटा राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुलाई रकम पठाई सहयोग गर्ने निर्णय गरेको हो ।
संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार दोश्रो चरणमा ५ वटा एनसीसी समेटिएका छन् । अन्य कोरोना प्रभावित क्षेत्रमा क्रमश सहयोग गर्दै जाने नीति एनआरएनएले लिएको छ । दोसो चरणमा सहयोग पाउने एनसीसीहरुमा बहराईनलाई ५ हजार डलर, स्पेनलाई ५ हजार डलर, पोर्चुगललाई ५ हजार डलर, ईटलीलाई ४ हजार र माल्टालाई ३ हजार डलर छ ।
यसअघि एनआरएनएले पहिलो चरणमा कुवेतलाई ५ हजार डलर, युएईलाई ५ हजार डलर, साउदी अरबलाई ५ डलर, साईप्रसलाई ३ हजार गरी जम्मा ४० हजार डलर सहयोग गरेको थियो ।
संघको कोभिड -१९ राहत कोषमा अनलाइनमार्फत आफूले सकेको रकम सहयोग गर्न सकिनेछ । https://nrna.respectinc.net
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन
‘द ब्लू लाइट’ केवल हेर्ने फिल्म मात्र होइन, यो अनुभूत गर्ने सिनेमा हो : निर्देशक बलिराम चौहान [अन्तर्वार्ता]
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द