काठमाडौँ । अन्नपूर्ण आधार शिविर पदयात्राको क्रममा गत माघ ३ गते कास्कीको अन्नपूर्ण गाउँपालिका–११ को हिङ्कुकेभ वरिपरिको हिमपहिरोमा परी बेपत्ता थप दुई जनाको शव आज बिहान फेला परेको छ । यससँगै सो पहिरोमा परेर हराएका तीन नेपाली पर्यटक पथप्रदर्शक तथा चार कोरियन पर्यटक गरी सात जनाकै शव फेला परेको हो ।
आज नेपाली छिरिङ भोटे र अर्का एक कोरियन पर्यटकको शव भेटिएको हो । चार दिनदेखि बेपत्ताको खोजीमा रहेको नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयवासीसहितको टोलीले बेपत्ता उनीहरुको शव भेट्टाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताउनुभयो । उनीहरुको शव ल्याउनका लागि सेनाको हेलिकोप्टर तयारी अवस्थामा रहे पनि मौसमको प्रतिकूलताका कारणले घटनास्थलमा जान नसकेको प्रवक्ता केसीले जानकारी दिनुभयो ।
गर्मीयाम शुरु भएसँगै घटनास्थलमा जमेको बाक्लो हिउँ पग्लन थालेपछि पहिरोमा परेका अन्यको यसअघि विभिन्न मितिमा शव भेटिएको थियो । अन्नपूर्ण पदयात्राको क्रममा तीन हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि गएको हिमपहिरोमा पर्यटक र नेपाली पथप्रर्दशक हराएका थिए ।
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते