लण्डन । यूरोपेली केन्द्रीय बैंक (ईसीबी) ले यूरो क्षेत्रको लागि प्रमुख ब्याजदरहरू अपरिवर्तित राख्ने निर्णय गरेको छ ।
ईसीबीले कोरोनाभाइरस सङ्क्रमणको महामारीविरूद्ध जुझ्न नयाँ उपायहरूको श्रृङ्खला प्रस्तुत गरिने बताएको छ । ईसीबीको प्रशासनिक परिषद्ले यूरोप क्षेत्रको आधार व्याज दर शुन्य प्रतिशत रहने बताएको छ भने सिमान्त कर्जा र निक्षेप दरलाई क्रमशः ०.२५ प्रतिशत र ०.५० प्रतिशत नै कायम रहने छ ।
“हामीले हाम्रा मुख्य ब्याज दरलाई ऐतिहासिक तल्लो तहमा राखेका छौँ अर्थात् कर्जा दर निम्न रहेको छ,” ईसीबीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
बैंकले एक फरक विज्ञप्तिमा कोभिड–१९ सँग जुझ्ने उपायका लागि कार्यक्रम पनि घोषणा गरेको छ । यूरो क्षेत्रमा तरलतालाई सामना गर्न ईसीबीलक्षित दीर्घकालीन पुनर्वित्त कार्यक्रमको नयाँ शर्त र उपायहरू प्रस्ताव गरेको छ । उसले गैर–लक्षित महामारीको आपतकालिन र्दीर्घकालीन पुनर्वित्त कार्यक्रमहरू पनि छलफलका लागि पेश गरेको छ, यो सन् २०२० को मे महिनामा शुरू भई सन् २०२१ को जुलाई–सेप्टेम्बरसम्मका लागि लागु हुनेछन् ।
हालै घोषणा भएका उपायहरूलाई यूरोपेली केन्द्रीय बैंकको कोरोनाभाइरसको प्रभाव विरूद्धको बृहत् कार्यक्रम भनिएको छ । यसका लागि सात खर्ब ५० अर्ब यूरो (करिब आठ खर्ब १६ अर्ब अमेरिकी डलर) बजेटको घोषणा गरिएको छ र उक्त बजेट खासगरी महामारीका समय भाइरस सङ्क्रमणविरूद्ध लड्न चाहिने आपतकालीन खरिद् कार्यक्रममा खर्च गरिने गत बताइएको छ ।
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक