लण्डन । यूरोपेली केन्द्रीय बैंक (ईसीबी) ले यूरो क्षेत्रको लागि प्रमुख ब्याजदरहरू अपरिवर्तित राख्ने निर्णय गरेको छ ।
ईसीबीले कोरोनाभाइरस सङ्क्रमणको महामारीविरूद्ध जुझ्न नयाँ उपायहरूको श्रृङ्खला प्रस्तुत गरिने बताएको छ । ईसीबीको प्रशासनिक परिषद्ले यूरोप क्षेत्रको आधार व्याज दर शुन्य प्रतिशत रहने बताएको छ भने सिमान्त कर्जा र निक्षेप दरलाई क्रमशः ०.२५ प्रतिशत र ०.५० प्रतिशत नै कायम रहने छ ।
“हामीले हाम्रा मुख्य ब्याज दरलाई ऐतिहासिक तल्लो तहमा राखेका छौँ अर्थात् कर्जा दर निम्न रहेको छ,” ईसीबीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
बैंकले एक फरक विज्ञप्तिमा कोभिड–१९ सँग जुझ्ने उपायका लागि कार्यक्रम पनि घोषणा गरेको छ । यूरो क्षेत्रमा तरलतालाई सामना गर्न ईसीबीलक्षित दीर्घकालीन पुनर्वित्त कार्यक्रमको नयाँ शर्त र उपायहरू प्रस्ताव गरेको छ । उसले गैर–लक्षित महामारीको आपतकालिन र्दीर्घकालीन पुनर्वित्त कार्यक्रमहरू पनि छलफलका लागि पेश गरेको छ, यो सन् २०२० को मे महिनामा शुरू भई सन् २०२१ को जुलाई–सेप्टेम्बरसम्मका लागि लागु हुनेछन् ।
हालै घोषणा भएका उपायहरूलाई यूरोपेली केन्द्रीय बैंकको कोरोनाभाइरसको प्रभाव विरूद्धको बृहत् कार्यक्रम भनिएको छ । यसका लागि सात खर्ब ५० अर्ब यूरो (करिब आठ खर्ब १६ अर्ब अमेरिकी डलर) बजेटको घोषणा गरिएको छ र उक्त बजेट खासगरी महामारीका समय भाइरस सङ्क्रमणविरूद्ध लड्न चाहिने आपतकालीन खरिद् कार्यक्रममा खर्च गरिने गत बताइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते