काठमाडौं । पुनःनिर्माणमा पारदर्शिता कायम गर्न चार वर्षदेखि भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार’ कार्यक्रम जारी रहेको छ । भूकम्प अतिप्रभावित गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँ, ललितपुर र मकवानपुर गरी १४ जिल्लामा नीति–निर्माण, योजना कार्यान्वयन र अनुगमनमा सहकार्य गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआइ) नेपालले विसं २०७३ देखि सञ्चालन गरेको कार्यक्रमले पारदर्शिता कायम गर्न सहयोग गरेको छ ।
विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा सरकार, स्थानीय तह र साझेदार संस्थाबाट भएका पुनःनिर्माण र पुनःस्थापनाका कार्यमा जबाफदेहीता, पारदर्शिता र गुणस्तर कायम गर्ने उद्देश्यले कार्यक्रम भइरहेको टीआइ नेपालका कार्यक्रम अधिकृत शारदा नेपालीले राससलाई जानकारी दिनुभयो । पुनःनिर्माणसम्बन्धी सरकारी नीति र कार्यक्रममा पारदर्शिता बढाउने, शैक्षिक संस्थाको पुनःनिर्माण समयमै र गुणस्तरीयरूपमा सम्पन्न गर्ने, पुनःनिर्माणसम्बन्धी सार्वजनिक खरिद पारदर्शी र जवाफदेही बनाउन प्रयास गर्ने टीआइ नेपालको उद्देश्य छ ।
यसैगरी पुनःनिर्माणमा नागरिक समाजको संलग्नता र चासो बढाउने, सञ्चार क्षेत्रको सहयोग लिई पुनःनिर्माणसम्बन्धी सूचना सम्प्रेषण गर्ने, पुनःनिर्माणसम्बन्धी वित्तीय प्रतिवेदनमा नागरिक पहुँच बढाउने, व्यावसायिक र नागरिक सङ्घसंस्थाको पुनःनिर्माणसम्बन्धी प्रयास पारदर्शी बनाउन पनि टीआइ नेपालले भूमिका निर्वाह गरेको छ । पुनःनिर्माणसम्बन्धी सेवा प्रवाहमा युवा र विद्यार्थीको संलग्नता बढाउने, पुनःनिर्माणको गुणस्तरमापन गर्न सहकार्य गर्ने र भूकम्पपीडितको गुनासो सङ्कलन र सम्बोधनमा सहजीकरण गर्ने काम १४ जिल्लामा भइरहेको कार्यक्रम अधिकृत नेपालीले बताए ।
कार्यक्रम सञ्चालन गर्न १४ वटै जिल्लामा जिल्ला कार्यालयसहित कार्यक्रम अधिकृतलगायत कर्मचारीको पनि व्यवस्था गरिएको जनाइएको छ । जिल्ला कार्यालय स्थानीय तहका वडास्तरसम्म पुगेर स्थलगतरूपमा अनुगमन गरी काम गरिरहेका छन् । हालसम्म चार लाख ९४ हजार ४४ लाभग्राहीको निजी आवास पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । थप एक लाख ९० हजार १४५ आवास पुनःनिर्माणको चरणमा छ । अन्तिम किस्ता भुक्तानीका लागि पाँच लाख ६१ हजार ६५० प्रमाणीकरण गरिएको छ । निजी आवास पुनःनिर्माणका क्रममा करिब पाँच लाख गुनासो सम्बोधन भएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जनाएका छन ।
भूकम्पबाट क्षतिग्रस्त सात हजार ५५३ विद्यालयमध्ये पाँच हजार ५९८ विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । एक हजार ४९२ विद्यालय पुनःनिर्माणको क्रममा छन् । भूकम्प प्रभावित ३२ जिल्लाका ९२० सम्पदामध्ये ४०२ को पुनःनिर्माण सम्पन्न भएको छ । एक सय ४१ सम्पदा पुनःनिर्माण भइरहेको प्राधिकरणका पुरातत्व अधिकृत भीष्म बाँस्कोटाले बताए । एक हजार १९७ क्षतिग्रस्त स्वास्थ्य संस्थामध्ये ६६९ को पुनःनिर्माण सकिएको छ । एक सय ४५ स्वास्थ्य संस्था पुनःनिर्माणको चरणमा छन् ।
यसैगरी, ४१५ सरकारी भवनमध्ये ३४९ को पुनःनिर्माण सम्पन्न भएको छ । उन्पचास सरकारी भवन पुनःनिर्माणको चरणमा छन् । सुरक्षा निकायका १९४ संरचनाको पुनःनिर्माण सम्पन्न भइसकेको छ । बाइस वटा पुनःनिर्माणको क्रममा छन् । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न चैत ११ गतेदेखि जारी बन्दाबन्दीका कारण पुनःनिर्माणका काम पनि प्रभावित भएको प्राधिकरणले जनाएको छ । आगामी पुसमा प्राधिकरणको पाँच वर्षे कार्यकाल पूरा हुँदै छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय