
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोरोना भाइरस (कोभिड१९) राहत तथा उद्दार काययक्रम सम्बन्धी अबधारणा पत्र २०२० नेपाल सरकारलाई बुझाएको हो।
गैरआवासीय नेपाली संघ कोभिड १९ रिलिफ तथा रेपार्टियसन कार्यक्रम २०२० नामको उक्त अबधारणा पत्र संघका उपाध्यक्ष तथा बैदेशिक रोजगार कार्यदलका संयोजक डा बद्रि के सीको संयोजनमा तयार पारिएको हो। पत्रलाई संघको कार्यकारी बैठकले पारित गरि नेपाल सरकारलाइ बुझाएको छ।
अबधारणा पत्रमा बिशेष गरि कोभिड १९ र यसबाट नेपालीहरुको विश्व समुदायमा परेको अप्ठेरो, तत्कालको लागि गर्नुपर्ने काम र नेपाल सरकारको सहयोगबारे उल्लेख गरिएको छ। काययक्रमको सञ्चालन र व्यवस्थापन सम्बन्धी कार्यविधि पनि पत्रमा उल्लेख गरिएको छ। खासगरी उद्धार, राहत र उपचारमा केहि सहयोग गर्ने कुरामा पत्र तयार गरिएको छ। यसका लागि संघले ५ करोडको सिडमनी राख्ने र नेपाल सरकारको बैदेशिक रोजगार कल्याणकारी कोष अथवा अन्य कोषबाट १५ करोड रुपैया गरि जम्मा २० करोड रुपैयाको कोष बनाउने प्रस्ताव गरिएको छ।
पत्रमा उद्धार र राहत संघका राष्ट्रिय समन्वय परिषद, क्षेत्रीय तह, डायस्पोराका विभिन्न संघसंस्था र नेपाल सरकारका मिशन, राजदूतावास समेतको संयोजनमा काम गरिने कुरा प्रस्ताव गरिएको छ।
राहत र उद्धार गर्नुपर्ने व्यक्ति र परिवारहरुको लागि अनलाइन डाटा कलेक्शन गर्ने, संघको हटलाइन फोन सेवाबाट सूचना लिने जस्ता विधिको समेत उल्लेख गरिएको छ। एनआरएनए प्रवक्ता डिबी क्षेत्रले सो अबधारणा पत्र संघको वेबसाइटमा समेत अपलोड गरिने जानकारी दिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा