काठमाडौं । गैरआवासीय नेपाली संघले कोभिड १९ को लागि राहत स्वरुप सुरु गरेको कोषमा २ करोड ७० लाख रुपैयाँ जम्मा भएको छ ।गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गैरआवासीय नेपालीहरुलाई राहत दिनको लागि सुरु गरेको कोषमा २ करोड ७० लाख रुपैया जम्मा भएको हो। एनआरएनएले यस अघि नै नेपाल सरकारको राहत कोषमा १ करोड दिने निर्णय गरेको थियो।
संघका कोषाध्यक्ष महेश श्रेष्ठका अनुसार २४ अप्रिल सम्म उक्त रकम जम्मा भएको हो। रकम जम्मा हुने क्रम जारी छ। पहिलो पटक संघले सुरु गरेको अनलाइनबाट सजिलै आफूले चाहेको जति रकम डेबिट या क्रेडिट कार्डबाट चन्दा दिन सकिने ब्यबस्था गरिएको छ।
राहत कोषमा सम्पूर्ण नेपालीहरुले आफ्नो ठाउंबाट आफ्नै कार्ड प्रयोग गरी रकम दिन मिल्ने ब्यबस्था एनआरएनएले गरेको छ। ‘सो रकम अनलाइन र संघको काठ्माण्डौको खातामा जम्मा भएको रकम समेत हो’, कोषाध्यक्ष श्रेष्ठले भने, ‘सबैलाई सकेको जति सहयोग गर्न म आव्हान गर्दछु ।’
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय