म अहिले एउटा अद्भूत अदृश्य शक्ति भएर
यस पृथ्वीमा सबैभन्दा नयाँ र नौलो
प्रकारको उधुम मच्चाउन चाहन्छु
जसरी एउटा गरिब कवि
फालिएका पुराना अखबारको स्तम्भ पढेर
नयाँ सरचना र नयाँ शैलीमा
कविता लेख्छ र उधुम मच्चाउँछ
म त्यसरी नै उधुम मच्चाउन चाहन्छु
जसरी एउटा गरिब चित्रकारले
मैलामा थुपारिएको चाङ्गबाट कार्डबोर्ड टिपेर
पेन्सिलले नयाँ शैलीमा मोनालिसाको चित्र
कोरेर उधुम मच्चाउँछ
म त्यसरी नै उधुम मच्चाउन चाहन्छु
जसरी एउटा गरिब सङ्गीतकारले
बीच बाटोमा माग्दै टोकरी बजाएर
एकदमै नयाँशैलीमा सङ्गीत सिर्जना गर्छ
र उधुम मच्चाउँछ
म त्यसरी नै उधुम मच्चाउन चाहन्छु
विज्ञान र प्रविधिको काँधमा चढेर
आणविक भट्टीको निर्माण गरेर
दम्भको नशामा लठ्ठ हुँदै
सबै पृथ्वी कब्जामा लिएर
शक्ति प्रदर्शन गर्न आतुर मानिसको
सेखी झारेर म उधुम मच्चाउन चाहन्छु
प्रतिपल चिकित्सा विज्ञानको
चमत्कारसँगै मलेरिया, सार्स, स्वाइनफ्लु, बर्डफ्लु
जस्ता अनेकौ रोगब्याधीको निवारण गर्दै
अघि बढिरहेको मानिसलाई
आतङ्कित तुल्याएर उधुम मच्चाउने
मेरो लक्ष्य अधूरो बनाएर
एकदिन विजयको चुचुरोमा उभिएर
आनन्दको सास फेर्दै मानिसहरु भन्नेछन्
ए त्यो नाथे पुरानो रोग कोरोना !
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाल एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार