लण्डन । कोरोनाका कारण पूर्व गोरखा सैनिक हरिमान तामाङको लण्डनमा निधन भएको छ ।
आर्मी नम्बर २११४९७६७ का ८२ वर्षीय तामाङको बुधबार साँझ पश्चिम लण्डनस्थित हिलिङडन अस्पतालनमा निधन भएको तामाङका नातेदार गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का उपसभापति धर्मबहादुर तामाङले जानकारी दिए ।
धनकुटा हात्तीखर्क १ माकलुंगका स्थायी बासिन्दा बेलायतमा छोरी ज्वाइँका साथमा पश्चिम लण्डनको वेष्ट ड्राइटनमा बस्दै आएका थिए । उनी श्रीमतीसहित बेलायतमा थिए भने उनका छोरा अष्ट्रेलियामा बसोबासरत छन् ।
पारिवारिक स्रोतका अनुसार तामाङलाई ज्वरो आएको थियो । उनी घरमै आइसोलेसनमा बस्दै आएका थिए । तर ज्वरो बढ्दै गएर खप्नै नसक्ने भएपछि करिब पाँच दिनअघि अस्पताल भर्ना गरिएको थियो । अस्पतालबाट बुधबार साँझ फोनमार्फत तामाङको निधन भएको जानकारी गराइएको थियो ।
तामाङका अनुसार हरिमानमा बुढ्यौलीबाहेक अरु कुनै स्वास्थ्यसम्बन्धी समस्या थिएन ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]