लण्डन । पूर्व गोरखा सैनिक हस्तवीर गुरुङको बेलायतमा निधन भएको छ ।
कोरोनाको शंका लागेपछि उनलाई ननिटनस्थित जर्ज इलियट अस्पतालमा अप्रिल ५ तारिखको दिन भर्ना गरिएकोमा बुधबार दिउँसो साढे ३ बजे उनको निधन भएको ब्रिटिश गोरखा भेट्रान्स एसोसिएसन युकेका महासचिव भीम सारुले जानकारी दिए ।
उनको मृत्युको कारण अस्पतालले औपचारिकरुपमा खुलाउन बाँकी छ ।
क्वीन्स गोरखा इन्जिनियर्सका ७८ वर्षीय गुरुङको आर्मी २११५११९८ रहेको छ । उनले कर्पोरल पदबाट अवकास पाएका थिए ।
उनी ननिटनमा छोरी ज्वाइँका साथमा बसोबास गर्दै आएका थिए । उनकी श्रीमती भने बिदामा नेपाल गएकी छिन् । कोरोनाका कारण नेपालले लक डाउन गरेपछि उनी युके आउन पाएकी छैनन् ।
परिवारमा सबैलाई कोरोनाको लक्षणपछि छोरीज्वाइँसहित गुरुङ अस्पताल भर्ना भएका थिए । छोरी र ज्वाइँ उपचारपछि घर फर्केका छन् ।
उनको पुर्ख्यौली घर तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नम्बर १ रहेको छ । उनी सन् २०१२ देखि युकेमा बसोबासरत थिए ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा