लन्डन । नेपाली लिंक डटकमले नेपाली नयाँवर्षको अवसर पारेर आफ्नो औपचारिक प्रकाशन शुरु गरेको छ ।
सो न्युज पोर्टलले एक साताअघि परीक्षण प्रसारण थालेको थियो ।
आफ्नो पोर्टलमा बेलायतस्थित नेपाली समुदाय र संसारभरका राजनीतिक, सांस्कृतिक, सामाजिक, आर्थिक, अध्यागमन, समसामयिक विषयवस्तु, खेल, कला साहित्य, सफलताका कथा, सामुदायिक गतिविधि प्राथमिकतासहित समेटिने नेपाली लिंकले जनाएको छ ।
‘समुदायका सूचना र समाचारहरु पस्किने मात्र होइन, एकआपसको सद्भाव र एकता बढाउने लक्ष्य समेत लिएर नेपाली लिंक तपाईंहरुमाझ आइपुगेको छ’, नेपाली लिंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘समाचार र सूचनाका माध्यमले संसारभर छरिएर रहेका नेपालीहरुलाई जोड्ने लिंकका रुपमा अघि बढ्ने हाम्रो अठोट छ ।’
‘निष्पक्ष, स्वतन्त्र, समावेशी, सत्यतथ्य र सामाजिक उत्तरदायित्वमा आधारित पत्रकारिता हाम्रो स्वार्थ छ । हामी न कसैको प्रभाव र दवावमा पर्नेछौं, न कुनै पक्षको मुखपत्रका रुपमा प्रस्तुत हुनेछौं’, उसले दावी गरेको छ ।
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?