लण्डन । कोरोनाको संक्रमणबाट बेलायतमा एक अर्का भूतपूर्व गोर्खाको निधन भएको छ । पुर्खौली घर कास्कीको घान्द्रुक भई हाल रेडिङमा बसोबासरत ६५ वर्षीय लक्षीनबहादुर गुरुङको सोमबार बिहान ७ बजे रोयल बक्सायर अस्पताल रेडिङमा निधन भएको उनका भाञ्जा कमल गुरुङले जानकारी दिए ।
गुरुङ घरमै सेल्फ आइसोसेसनमा बस्दै आएकोमा श्वास फेर्न गाह्रो भएपछि करिब १० दिनअघि अस्पताल भर्ना भएका थिए ।
छैँटौँ गोरखा राइफल्सका गुरुङको आर्मी नम्बर २११६०७३० रहेको छ ।
कुनै समयका चर्चित फुटबल खेलाडी गुरुङ समाजसेवामा समेत सक्रिय थिए । उनी रेडिङ बुद्धिष्ट गुम्बाका आजिवन सदस्य, घान्द्रुक रेडिङ समाज युकेका अध्यक्ष रहेका थिए ।
उनका श्रीमती र तीन छोरीहरु छन् । उनको परिवारको सबैमा कोरोना नेगेटिभ देखिएको पनि गुरुङले बताए । उनमा कुनै स्वास्थ्य समस्या नरहेको पनि गुरुङले जानकारी दिए ।
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म
पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक धरमराज भण्डारी
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता