लण्डन । बेलायतबाट सन्चालित अनलाईन पोर्टल हिमालय मेल डटकमले प्रधान सम्पादकमा विपिन निरौलालाई नियुक्त गरेको छ ।
हिमालय मेलका निर्देशक अर्जुन कटुवालले सोमबारदेखि लागू हुने गरी निरौलालाई प्रधान सम्पादकमा नियुक्त गरेका हुन्।
लामो समयदेखि पत्रकारितामा संलग्न निरौला नेपालबाट प्रकाशित र प्रसारित हुने विभिन्न संचारमाध्यममा बेलायतबाट रिपोर्टिंग समेत गर्दै आएका थिए । निरौला नेपाल प्रेस युनियन बेलायतका अध्यक्ष हुन् ।
सामाजिक अभियन्ताका रुपमा नेपाली समुदायमा परिचित निरौला नेपाल पत्रकार महासंघ यूकेका सल्लाहकार समेत छन् । नेपालमा निरौलाले रेडियो नेपालको ‘घटना र विचार’, जस्तो चर्चित कार्यक्रम सन्चालन गरेका थिए । रेडियो नेपाल बाहेक असल शासन, देशान्तर, घटना र विचार साप्ताहिक लगायतका प्रिन्ट मिडिया कामको लामो अनुभव निरौलासँग छ ।
नेदरल्याण्ड फेलोसिप प्रोग्रामअन्तर्गत रेडियो नेदरल्याडबाट पत्रकारिताको तालिम समेत लिएका निरौला हाल एभिन्युज टेलिभिजनका लागि यूके सम्वाददाता हुन् । पत्रकारिताको अध्ययनका कारण उनी बेलायती राजनीतिमा निरौला राम्रो ज्ञान र चासो राख्छन् ।
निरौलाले बेलायतको लण्डन मेट्रोपोलिटन युनिभर्सिटीबाट पत्रकारिता अध्ययन गरेका छन् । बेलायती पत्रकारितालाई नजिकबाट नियालिरहेका निरौलाको सम्पादकीय नेतृत्वमा हिमालय मेल डट कमले निष्पक्ष र जनहितका लागि ब्यबसायिक पत्रकारिता गर्ने अपेक्षा सन्चालक समितिले गरेको छ ।
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?