लन्डन । युरोपेली मुलुकमा रहेका ९ नेपाली राजदूतले आफ्नो एक महिनाको तलब सरकारी कोषमा दाखिला गर्ने भएका छन् ।
उनीहरुले नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ लाई सहयोग गर्ने घोषणा गरेका हुन् ।
लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख एवं प्रवक्ता शरदराज आरनका अनुसार बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, बेल्जियमका लोकबहादुर थापा, फ्रान्सका दिपक अधिकारी, जर्मनीका रमेश खनाल, रसियाका ऋषि घिमिरे, स्पेनकी दावा शेर्पा, डेनमार्कका युवनाथ लम्साल, स्वीजरल्याण्डका मणि भट्टराई र अष्ट्रियाका प्रकाश सुवेदीले सहयोग घोषणा गरेका हुन् ।
सरकारले एक साताको तलव दिन परिपत्र गरेपनि राजदूतहरुले एक महिनाकै तलब जम्मा गर्ने निर्णय गरेको प्रवक्ता आरनले जनाए ।
९ वटै दूतावासमा रहेका डिप्लोम्याट्सहरुले पनि एक साताको तलब उक्त कोषमा जम्मा गर्ने भएका छन् ।
उता, मध्यपूर्व तथा खाडी देशका ९ नेपाली राजदूत, दक्षिण पूर्व एसिया तथा प्रशान्त क्षेत्रमा कार्यरत ४ राजदूत, उत्तर एवं दक्षिण अमेरिकी देशका ५ राजदूत तथा नियोग प्रमुखहरुले पनि सहयोग घोषणा गरेका छन् ।
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?