लन्डन । युरोपेली मुलुकमा रहेका ९ नेपाली राजदूतले आफ्नो एक महिनाको तलब सरकारी कोषमा दाखिला गर्ने भएका छन् ।
उनीहरुले नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ लाई सहयोग गर्ने घोषणा गरेका हुन् ।
लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख एवं प्रवक्ता शरदराज आरनका अनुसार बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, बेल्जियमका लोकबहादुर थापा, फ्रान्सका दिपक अधिकारी, जर्मनीका रमेश खनाल, रसियाका ऋषि घिमिरे, स्पेनकी दावा शेर्पा, डेनमार्कका युवनाथ लम्साल, स्वीजरल्याण्डका मणि भट्टराई र अष्ट्रियाका प्रकाश सुवेदीले सहयोग घोषणा गरेका हुन् ।
सरकारले एक साताको तलव दिन परिपत्र गरेपनि राजदूतहरुले एक महिनाकै तलब जम्मा गर्ने निर्णय गरेको प्रवक्ता आरनले जनाए ।
९ वटै दूतावासमा रहेका डिप्लोम्याट्सहरुले पनि एक साताको तलब उक्त कोषमा जम्मा गर्ने भएका छन् ।
उता, मध्यपूर्व तथा खाडी देशका ९ नेपाली राजदूत, दक्षिण पूर्व एसिया तथा प्रशान्त क्षेत्रमा कार्यरत ४ राजदूत, उत्तर एवं दक्षिण अमेरिकी देशका ५ राजदूत तथा नियोग प्रमुखहरुले पनि सहयोग घोषणा गरेका छन् ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा