लण्डन । नातिको विवाहका लागि बेलायत आएका कर्णबहादुर क्षेत्री (केसी)को कोरोना संक्रमणका कारण निधन भएको छ ।
उनी मार्चको २ तारिखमा लण्डनमा भएको नातिको विवाहमा भाग लिन उनी श्रीमतीसहित बेलायत आएका थिए । बेलायत बस्दाबस्दै खानाको स्वाद थाहा पाउन छोडेपछि र पखाला चल्न थालेपछि उनलाई उत्तरी लण्डनमा रहेको नर्थविक पार्क हस्पिटलमा भर्ना गरिएको थियो ।
१० दिनसम्म आइसियुमा राख्दा पनि उनको स्वास्थ्योपचारमा कुनै सुधार भएन । उनको गत बुधबार अप्रिल ८ तारिखका दिन कोरोनाबाट निधन भएको प्रवासी नेपाली एकता मन्च युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले जानकारी दिए ।
केसी २०४९ सालको स्थानीय निकायको निर्वाचनमा बाग्लुङको अमलाचौर गाविसको उपाध्यक्षमा तत्कालिन नेकपा एमालेका तर्फबाट अत्यधिक मतबाट निर्वाचित भएका थिए ।
उनी बेलायतमा छोरा मिलन केसी र बुहारी सरस्वती केसीका साथ बसोबास गर्दै आएका थिए । उनीहरु दुवैजना लण्डनमा व्यवसायरत छन् भने सरस्वती केसी गैरआवासीय नेपाली संघ युकेकी कार्यसमिति सदस्य हुन् ।
उनका श्रीमती, चार छोरा र एक छोरी छन्।
अहिले उनको परिवारका सदस्यहरुलाई आइसोलेसनमा बस्न चिकित्सकहरुले सल्लाह दिएका छन् ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?