लण्डन । नट्टिघममा पूर्व गोरखा सैनिक शिव श्रेष्ठको आज मृत्यु भएको छ ।
बिहान श्वास फेर्न असजिलो भएपछि एम्बुलेन्स बोलाई उनलाई अस्पताल लगिएकोमा दिउँसो निधन भएको जानकारी परिवारलाई दिइएको नट्टिघन नेपाली समाजका सल्लाहकार रणबहादुर केसीले जानकारी दिए । श्रेष्ठको मृत्यु कोरोनाले हो कि होइन भन्ने चिकित्सकले विहीबार जानकारी गराउने बताइएको पनि केसीले बताए ।
केसीका अनुसार अहिले श्रेष्ठको परिवारलाई आइसोलेसनमा बस्न भनिएको छ । उनका श्रीमती र दुई छोरा रहेका छन् । श्रेष्ठका छोरालाई उद्धृत गर्दै केसीले अहिले तीन जना अलगअलग बसिरहेको जानकारी दिए ।
५८ वर्षका श्रेष्ठलाई यसअघि कुनै स्वास्थ्य समस्या नरहेको पारिवारिक स्रोतले जनाएको छ ।
श्रेष्ठ पुर्ख्यौली घर सोलुखुम्बु भई हाल काठमाडौँमा बसोबासरत थिए । श्रेष्ठ नेपाली समाज नट्टिघमका संस्थापक सदस्य पनि थिए । गैरआवासीय नेपाली संघका पूर्व सचिव तारानाथ भण्डारीका अनुसार श्रेष्ठ लामो समयदेखि नट्टिघममा बसोबास गर्दै आएका थिए ।
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह