लण्डन । नट्टिघममा पूर्व गोरखा सैनिक शिव श्रेष्ठको आज मृत्यु भएको छ ।
बिहान श्वास फेर्न असजिलो भएपछि एम्बुलेन्स बोलाई उनलाई अस्पताल लगिएकोमा दिउँसो निधन भएको जानकारी परिवारलाई दिइएको नट्टिघन नेपाली समाजका सल्लाहकार रणबहादुर केसीले जानकारी दिए । श्रेष्ठको मृत्यु कोरोनाले हो कि होइन भन्ने चिकित्सकले विहीबार जानकारी गराउने बताइएको पनि केसीले बताए ।
केसीका अनुसार अहिले श्रेष्ठको परिवारलाई आइसोलेसनमा बस्न भनिएको छ । उनका श्रीमती र दुई छोरा रहेका छन् । श्रेष्ठका छोरालाई उद्धृत गर्दै केसीले अहिले तीन जना अलगअलग बसिरहेको जानकारी दिए ।
५८ वर्षका श्रेष्ठलाई यसअघि कुनै स्वास्थ्य समस्या नरहेको पारिवारिक स्रोतले जनाएको छ ।
श्रेष्ठ पुर्ख्यौली घर सोलुखुम्बु भई हाल काठमाडौँमा बसोबासरत थिए । श्रेष्ठ नेपाली समाज नट्टिघमका संस्थापक सदस्य पनि थिए । गैरआवासीय नेपाली संघका पूर्व सचिव तारानाथ भण्डारीका अनुसार श्रेष्ठ लामो समयदेखि नट्टिघममा बसोबास गर्दै आएका थिए ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?