लण्डन । प्रोफेसर सूर्यप्रसाद सुवेदीलाई बेलायतको हल विश्वविद्यालयले मानार्थ महाविद्यावारिधि उपाधि प्रदान गरेको छ ।
सुवेदीलाई उनले प्राज्ञिक क्षेत्र र अन्तर्राष्ट्रिय कानून र मानवअधिकार कानूनको विकासमा दिएको योगदानको कदर गर्दै सो उपाधि प्रदान गरिएको जनाइएको छ ।
विश्वविद्यालयका उपकुलपतिबाट सो सम्बन्धी पत्र पाउँदा आफू हर्षित भएको प्रा. सुवेदीले बताए । सो विश्वविद्यालयबाट करिब ३० वर्षअघि सुवेदीले विशिष्ट श्रेणीमा प्रथम भई अन्तर्राष्ट्रिय कानूनमा स्नातकोत्तर गरेका थिए । त्यसपछि उनले अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गरेका थिए ।
गत वर्ष सुवेदीलाई अक्सफोर्ड विश्वविद्यालयले पनि महाविद्यावारिधि उपाधि प्रदान गरेको थियो भने यसवर्ष उनको नाममा दुईवटा वार्षिक पुरस्कार स्थापना गरेको छ ।
नेपालको लमजुङमा जन्मिएका सुवेदीले काठमाडौँको ल क्याम्पस हुँदै बेलायतको हल र अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका छन् । सुवेदीले विभिन्न देशका सातवटा विश्वविद्यालयमा प्राध्यापन गर्ने गरेका छन् । उनले नेपाल र बेलायत सरकारका अतिरिक्त अन्य संघसंस्थालाई कानूनी सल्लाह दिएका छन् ।
उनका आठवटा पुस्तक र अनुसन्धानमूलक लेखहरु अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशन भएका छन् । उनका कृतिहरु विभिन्न भाषामा प्रकाशित छन् ।
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?