
कर्नवाल (बेलायत) । कोरोना भाइरस (कोभिड- १९) संक्रमित भएको खवर नेपालको चितवनस्थित घरमा आमालाई सुनाउने वित्तिकै रुन थाल्नु भयो । आफूसहित श्रीमति र भाईमा कोभिड-१९ पोजेटिभ देखिएपछि अनिल सेढाईले चितवनस्थित घरमा फोन गरि परिवारलाई कोरोना संक्रमित भएको खवर सुनाएपछि आमाले मन थाम्न सक्नु भएन । ‘कोरोनाबाट आफ्ना सन्तानलाई केही भैहाल्छ कि भनेर आमा रुन पो थाल्नु भयो’, अनिलले वीनेपाली डटकमसँग भने ।
श्रीमति मिरा सेढाई र भाई होमराज सेढाईलाई कोभिड १९ भएको अस्पतालले पुष्टी गरेको एक दिन पनि नवित्तै अनिल सेढाई स्वयंलाई पनि कोभिड-१९ पोजेटिभ भेटियो । चितवन पिप्ले घर भएका सेढाई, श्रीमति मिरा र भाई होमराजसहित तीन सन्तान एकै पटक कोरोना संक्रमित भएपछि चितवनमा एक छिन रुवावासी नै चल्यो । अनिलले भने, ‘मैले आमालाई उल्टो सम्झाए । वहाँको मन कहाँ मान्छ र ?’
नेपाल र बेलायत दुवै देशमा लकडाउनकै अवस्था भएपनि आमाको मन यहाँ नै थियो । तैपनि मैले सम्झाउने कोशिस गरे । ‘हामी चाडै निको भैहाल्छांै । आमासँग करीव दुई साता अघि भएको संवाद सम्झदै,’ अनिले भने । त्यसपछि दैनिक आमा र परिवारजनसँग कुराकानी भैरहेको छ । अहिले नियमित सम्पर्कमा हुन थालेपछि वहाँहरु पनि थोरै ढुक्क हुनु भएको छ । ‘कोरोना लागेपछि निको हुदैन भन्ने भ्रम धेरैमा छ, हामीले त्यसलाई चिरेर देखाउनु पर्नेछ ।’ बढो हिम्मतका साथ अनिलले भने ।
त्यसो त उनका आफ्ना जेठो दाजु हेमकान्त सेढाई पनि नजिक फालमाउथमा व्यवसाय गरेर परिवारसहित बसेका छन । व्यवसायसँगै समाजसेवामा सकृय सेढाईले बिराटनगरमा दमकल, अपांगलाई व्हील चेयर वितरणदेखि सन २०१५ सालमा महाभूकम्प जादा जस्ता पातासमेत बाड्न आफै खटिएका थिए । तिनै समाजसेवी हेमकान्त दुई भाई र बुहारीलाई भेट्न जादा भाई अनिलले नै आउन दिएनन् । ‘हामी संक्रमित भैसक्यो, अव वहाँ आउँदा दाजु, भाउजु र वहाँका छोराछोरीलाई थप संक्रमित हुने डर हुन्छ । त्यसले मैले आउन दिइन ।’ अनिले भने ।
अनिल श्रीमति मिरा र भाई होमराजसहित सेन्ट अउस्टेलमा रेस्टुरेन्ट व्यवसाय गर्दै आएका छन् । उनले एक दिन एक जना नियमित ग्राहकसँग हात मिलाएका थिए । सोही दिनदेखि अनिललाई ज्वरो आउने, टाउँको दुख्ने, खोकी लाग्नेदेखि डायरियासम्म हुन पुग्यो । त्यसपछि उनले कोरोना संक्रमणको आंशकामा १११ मा फोन गरे । तर, उनलाई घरमै बस्न सुझाब दिईयो । अनिलले संक्रमणको आशंका गरेको भोलीपल्टदेखि श्रीमति मिरा र भाई होमराज पनि विमारी परे । उनीहरुलाई पनि कोरोना संक्रमण भएको अनुमान अनिलको थियो ।
दुवै जना सिकिस्त बिमारी परेपछि भाई होमराज र श्रीमति मिरा सेढाईले एम्बुलेन्स बोलाए । दुवैलाई पालै पालो एक घण्टाको अन्तरमा एम्बुलेन्सले रोयल कर्नवाल अस्पताल टुरो लग्यो ।
अस्पताल पुगेपछि चेकजाँच गर्दा दुवैमा कोभिड १९ भएको पुष्टी भयो । पाँच दिनको अस्तापताल बसाई पछि भाई होमराज सेढाई आइतबार सेन्ट अउस्टेलस्थित घरमा फर्किएर र होम आईसोलेसनमा बसेका छन । श्रीमति मिरा भने अझै अस्पतालमै अक्सिजन लिई रहेकी छिन । ‘आज सोमबार ६ दिन भैसक्यो उनी अस्पतालमै छिन, उनले भने, ‘पूर्ण निको भएर आउनेमा म ढुक्क छु ।,
अनिललाई पनि गाह्रो भएपछि अस्पताल गएका थिए । चेकजाँच पछि घरमै आइसोलेसनमा बस्न र कोभिड १९ का लागि एनएचएसले तोकिको नियम पगलन गर्न सुझाब डाक्टरहरुले दिएका छन । उनलाई ज्वरो घटे पनि खोकी लागिरहेको बताए ।
उनले अस्पतालमा आफ्नो बारेमा नियमित जानकारी गराई रहेका छन । अस्पतालमा बेड नभएकाले घरमा बस्नु भनेको छ । यदि गाह्रो भए तत्काल अस्पताल फोन गर्न उनले डाक्टरले सुझाब दिएका छन । अनिल अहिले घरमै आइसोलेनसमा बसेका छन । उनले एनएचएसले दिएको सुझाब अनुसार घरेलु उपचार गरिरहेका छन । भाई होमराज पनि छुट्टै कोठामा आइसोलेनमा छन । कोरोना संक्रमित भएपछि संसारभरबाट साथीहरुले उनलाई ठूलो हिम्मत दिइरहेका छन । आफूहरु छिट्टै ठिक भएर सामान्य अवस्थामा फर्किनेमा अनिल ढुक्क छन ।
लन्डनमा एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन सार्वजनिक, ‘शिकारी’ विश्व व्यवस्था लागू गर्न लागिएको आरोप
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा