
लन्डन । (जीएनएन) आइतबार अस्पताल भर्ना गरिएका ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्य बिग्रिए पछि उनलाई सघन उपचार कक्ष (आइसीयु) मा सारिएको उनको कार्यालयले जनाएको छ ।
कोरोना भाइरसबाट संक्रमित भए पछि गत महिनादेखि नै स्व-एकान्तवासमा बस्दै आएका प्रधानमन्त्री जोनसनलाई आइतबार राति लण्डनस्थित सेन्ट टोमस अस्पतालमा भर्ना गरिएको थियो । उनलाई सोमबार दिउँसोदेखि अक्सिजन दिन थालिएको थियो ।
उनको कार्यालय टेन डाउनिंग स्ट्रीटले स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल भर्ना गरिएको जनाएको थियो । तर, सोमबार बेलुका उनको स्वास्थ्य अवस्था बिग्रिएको समाचारहरुमा जनाइएको छ ।
प्रमुख विपक्षी लेबर पार्टीका नवनिर्वाचित नेता कियर स्टार्मरले यो अत्यन्तै दुखको समाचार भएको बताए । उनले यो अत्यन्तै कठिन समयमा सिंगै देश प्रधानमन्त्री र उनको परिवारको साथमा रहेको पनि जनाए । लन्डनका मेयर सादिक खानले प्रधानमंत्री जोनसनको पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् ।
५५ वर्षीय प्रधानमन्त्री जोनसनले सोमबार एक ट्वीट गर्दै आफू आफ्ना चिकित्सकहरुको सल्लाह अनुसार अस्पताल भर्ना भएको र आफ्नो मनोबल उच्च रहेको बताएका थिए ।
उनको कार्यालयले प्रधानमन्त्री जोनसनले अवश्यकता अनुसार आफ्नो काम गर्न विदेश मंत्री डोमिनिक राबलाई तोकेको जनाएको छ ।
प्रधानमन्त्री जोनसनकी गर्भवती प्रेमिका क्यारी सिमंड्स पनि छुट्टै एकान्तवासमा बसीरहेकी छिन् ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण