विश्व कब्जा गर्न आतुर छ महामारी कोरोना
सारा देशका गाउ-शहरहरु लकडाउन गरेर
मृत्युसँग लुकामारी खेल्न बाध्य छन् मानिसहरु
ताल्चा फोरेर बन्दघरको सङ्घारमा
फड्को मार्न खोजीरहेकोछ मृत्युको छायाँ
नेपालका ‘सोकल्ड’ बौद्धिक, समाजसेवी, सेलेब्रेटी भनाउँदाहरु
केही महिनाका लागि किनमेल तथा चाँजोपाँजो मिलाई
निर्धक्क फेसबुकमा लाइभ गर्दै
पाककला प्रदर्शनीकासाथ मिष्टान्न भोजनको उपभोगमा ब्यस्त छन्
अरुलाई अर्ती दिँदै भनिरहेका छन्
यसरी निस्फिक्री खानुहोस्
बाहिर ननिस्किनुहोस्
सुरक्षित घरमै बस्नुहोस्
आफु बाँचौ र अरुलाई पनि बचाउँ !
चारो खोज्न निस्किएको चरीझैँ बिहान कमाउन निस्किएर
बेलुकीको खान्की ल्याएर चुलो बाल्ने मजदुर र परिवार भने
सारङ्गी जस्तो खोक्रो पेट लिएर आँसु पिएर जिउन विवस छन्
दुष्ट कोरोना भने नेपोलियन बोनापार्ट जस्तै
विश्व विजयको दुस्साहास लिएर
एसिया हुँदै अमेरिका र युरोपको गाउँ-शहरभरी
मृत्युको आँधिबेरी हुरि हुण्डरीले
बढार्न खोजिरहेछ मानव अस्तित्व
प्रत्यक बिहानी लासको चाङ्गमाथि टेकेर
बुर्कुसी मार्दै चौबिसघण्टे मृत्यु संख्या बृद्धी गर्न तल्लिन
कोरोनाको सामिप्यमा असह्य घाउ सुमसुमाउँदै
अन्यमनष्क भएर चलिरहेको समयको गतिलाई टुलुटुलु नियाल्दै
अन्यौलताको बन्दी भएका छन् मानिसहरु ।
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न