
लण्डन । नेपाली दूतावास लण्डनले कोरोना भाइरस महामारीबाट बेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई पर्नसक्ने समस्यामा संयोजन गर्न बेलायतमा अध्ययनरत नेपालीमूलका विद्यार्थीहरुको संस्था मर्जिङ नेपसोसलाई जिम्मा दिएको छ ।
दूतावासका प्रवक्ता शरदराज आरणले सोमबार एक विज्ञप्ति जारी गर्दै दूतावासले बेलायतका विभिन्न विश्वविद्यालमा अध्ययनरत नेपाली विद्यार्थीहरुसंग सम्पर्क गर्न, समस्यामा परेका र पर्नसक्ने विद्यार्थीहरुको विवरण तयार गर्न र सहयोगको लागि समन्वय गर्न मर्जिङ नेपसोसका अध्यक्ष पवन कँडेललाई संयोजक तोकिएको र सो समितिले कार्य अगाडि बढाएको बताए ।
अहिले सो समितिले कोरोना भाइरसका महामारीका कारण विभिन्न समस्यामा परेका नेपाली विद्यार्थीहरुको विवरण संकलन गरिरहेको जनाउँदै सो विज्ञप्तिमा राजदूतावासमा सम्पर्क गर्ने अन्य विद्यार्थीहरुको विवरण राजदूतावासले पनि संकलन गरिरहेको र दुवै विवरणहरु एकीकृत गरी गम्भीर समस्यामा रहेका विद्यार्थीहरुलाई प्राथमिकताका आधारमा मर्जिङ नेपसोसमार्फत सहयोग उपलव्ध गराइने बताइएको छ ।
विद्यार्थीहरुका समस्या समाधानका लागि राजदूतावासले बेलायत सरकारका सम्बन्धित निकाय र सम्बन्धित विश्वविद्यालयहरुमा समेत कुराकानी गरिरहेको र विद्यार्थीहरु भोकै रहनुपर्ने समस्या आउन नदिन गैरआवासीय नेपाली संघ लगायत विभिन्न समाज, संघ, संस्था र समाजसेवीहरुलाई पनि आफ्नो सहयोग मर्जिङ नेपसोसमार्फत दूतावासले अनुरोध गरेको छ । सहयोगको विवरण र सहयोग प्राप्त गर्ने विद्यार्थीहरुको विवरण पारदर्शी तवरले प्रकाशित गरिने दूतावासले बताएको छ ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?