लन्डन । बेलायतले विश्वव्यापी फैलंदै गएको कोरोना भाइरस (कोभिड १९) परास्त गर्न अहोरात्र खटिएका चिकित्सक, नर्स र प्यारामेडिक्सको भिजा एक वर्ष थपिदिने भएको छ ।
स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन गर्न सरकारले बिना शुल्क एक वर्ष भिजा अवधि स्वतः थपिदिने गृह मन्त्रालयले जनाएको हो ।
करिब २८ सय माइग्रेन्ट डाक्टर, नर्स र प्यारामेडिक्सको भिजा १ अक्टोबर, २०२० अघि सकिने भए ति र परिवारको भिजा स्वतः थपिने गृहमन्त्री प्रिती पटेलले एक विज्ञप्तिमा जनाएकी छन् । महामारीका बेला ति स्वास्थ्यकर्मीलाई भिजा थपका लागि झन्झट बेहोर्नु नपरोस् भन्ने गृहमन्त्रीको चाहना छ ।
लन्डनस्थित एकजना कानूनविद सोलिसिटर राजु थापाका अनुसार, अहिलेको जटिल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले ट्रेनी डाक्टर नर्सलाई एनएचएसमा तोकिएको घण्टामात्र काम गर्न पाउने प्रतिवन्ध पनि फुकुवा गरेको छ ।
तर, भिजा स्वतः थपिने सुविधा केयर वर्करलाई भने नदिंदा यसप्रति असन्तुष्टि व्यक्त भएको छ । केयर वर्कर्स युनिटकी एक्जुकेटिभ डिरेक्टर क्यारोलिन गेरलिचले होम अफिसको यो नीति विभेदपूर्ण रहेको बताउंदै यो सुविधा उनीहरुलाई पनि दिइनुपर्ने माग गरेकी छिन् ।
उता, कोभिड १९ का कारण भिजिट भिजामा आएर बेलायतमै रोकिएका विदेशीहरुको पनि भिजा अवधि थपिदिने घोषणा सरकारले गरेको छ । गत २४ जनवरीदेखि ३१ मे २०२० सम्म भिजा सकिने भए निजहरुको भिजा ३१ मे २०२० सम्म थपिने सोलिसिटर थापाले बताए । यसबारे पुनरावलोकन हुने विश्वास पनि थापाको छ ।
यसका लागि कोरोना भाइरस इमिग्रेसन टिमसंग सम्पर्क गर्नुपर्नेछ ।
सरकारले भ्रमण भिजामा आएका विदेशीलाई कोरोना भाइरसको परिक्षण र उपचार सुविधा पनि निशुल्क प्रदान गर्ने भएको छ ।
राष्ट्रिय हितलाई मध्यनजर गरि कुनै पनि व्यक्तिको अध्यागमन स्थिति सोधपुछ नगरि कोरोना भाइरसको उपचार गरिने जनाइएको छ ।
यसअघि भिजिट भिजाका आप्रवासीलाई नेशनल हेल्थ सर्भिस (एनएचएस) को सुविधा लिन शुल्क तिर्नुपर्ने प्रावधान छ ।
कोभिड १९ बिरामीको चापले बेलायत अहिले अस्तव्यस्त छ । बेलायतमा शनिबारसम्म ४ हजार ३ सय १३ जनाले ज्यान गुमाएका छन् भने संक्रमित संख्या करिब ४२ हजार छ । सरकारले आपतकालिन सेवाका लागि लन्डनको एक्सेल प्रदर्शनी कक्षलाई नाइटिंगेल अस्पतालमा रुपान्तरण गरेको छ, जहां ४ हजार शैया हुनेछन् ।
सरकारले करिब अढाइ लाख स्वयंसेवक माग गरेकामा करिब ७ लाख ५० हजारले आवेदन दिएका छन् ।
वाटफोर्ड जनरल अस्पतालमा कार्यरत कन्सल्टेन्ट फिजिसियन डा. मोहन थापा सरकारले कोभिड बिरामी जांचका लागि चिकित्सक, नर्सलाई पर्याप्त पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीइ) उपलब्ध गराउन नसकेको बताउंछन् । इकान्तिपुर
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण