लण्डन । लिवरपुल नेपाली समाजले कोरोना भाइरसले सिर्जना गरेको संकटका कारण अपठ्यारो परेका नेपाली विद्यार्थीहरुलाई खाद्य सामाग्री वितरण शुरू गरेको छ । महामारीले बेलायतमा अध्ययन गरी बसेका विद्यार्थीलाई आर्थिक संकट पर्न सक्ने देखेर नेपाली समाजले केहि अघि सहयोग आवश्यक भए सम्पर्क गर्न आव्हान गरेको थियो । बुधबारमात्र समाजका सचिव शिवराज पन्त र सल्लाहकार कुमार घरतीले दश जना विद्यार्थीको ढोकामै पुगेर चामल, दाल, तेल लगायतका खाद्द सामाग्री वितरण गरे । तत्कालका लागि नेपाली समाजको कोष प्रयोग गर्ने र सहयोगको माग धेरै भए बिभिन्न व्यक्ति र संस्थाहरुसंग सहयोगका लागि अपिल गरेर भए पनि वितरण कार्य जारी राख्ने समाजको योजना छ ।
लिवरपुल नेपाली समाजको आव्हान
आदरणीय लिवरपुल र यस वरपरका नेपाली जनसमुदाय,
कोरोना भाइरसले सिर्जना गरेको यो स्वास्थ्य संकटकालको घडीमा तपाईहरु सबै स्वस्थ र सुरक्षित हुनुहुन्छ भन्ने आशा गर्दछु । यसले आर्थिक र सामाजिक संकट पनि उत्तिकै बढाएको छ । यदि तपाईहरु मध्य कसैलाई अत्यावश्यक सामाग्री, अत्यावश्यक यात्रा वा स्वास्थ सम्बन्धि कुनै समस्या परेको छ भने कृपया समाजलाई सम्पर्क गर्नुहोला । लिवरपुल नेपाली समाजले तपाईलाई सकेको सहयोग र सुझावहरु प्रदान गर्नेछ ।
लिवरपुल नर्थवेस्ट नेपाली समाज
बेलायतमा २४औं गोर्खा कप २४ मेमा, प्रतियोगिताको तयारी तीव्र
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन
साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छ : प्रधानमन्त्री वालेन्द्र शाह
अवैध सुकुटी बिक्री गरेकोमा बेलायत अल्डरसटको ‘भिन्तुना’ रेस्टुरेन्ट दोषी
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
चार मिस नेपाल र दिल श्रेष्ठको जोडी ‘माया भनेकै यस्तो होला’ मा
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित