
लन्डन । नेपाली राजदूतावासले अध्ययनका लागि बेलायतका विश्वविद्यालयहरुमा आएका नेपाली विद्यार्थीका लागि स्वेच्छिक रुपमा आर्थिक सहयोग मागेको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण बेलायत ‘लकडाउन’ भएपछि नेपाली विद्यार्थीहरुलाई खाना खानै समस्या सिर्जना भएको गुनासो आएपछि दूतावासले आर्थिक सहयोगको पहल अघि बढाएको हो । गत २०१५ सालमा नेपालमा महाभूकम्पका गएको बेला सरकारलाई बेलायतबाट ठूलो आर्थिक सहयोग पठाएको दूतावासले पहिलो पटक नेपाली विद्यार्थीहरुका लागि आर्थिक संकलन गर्न लागेको छ ।
दूतावासले आर्थिक संकलन आव्हान गरे लगत्तै खाना खान अप्ठ्यारोमा परेका विद्यार्थीहरुलाई फोन, इमेल मार्फत तत्काल सम्पर्कमा आउन समेत अनुरोध गरेको छ । आर्थिक सहयोगका लागि दुतावासको इमेल [email protected] तथा उपनियोग प्रमुख शरदराज आरणको मोवाईल नम्बर उपलव्ध गराएको छ । त्यस्तै, तृतीय सचिव तेजेन्द्र रेग्मीको मोवाईल ०७४२७३३०८३७ नम्बरमा सम्पर्क राख्ने समेत आग्रह गरिएको छ ।
दूतावासले पीडित विद्यार्थीहरुलाई नाम, सम्पर्क नम्बर लिएर सहयोग गर्ने र सहयोग लिने दुवैको अभिलेखन गरि उचित समयमा विवरण सार्वजनिक गरि विशेष धन्यवाद व्यक्त गर्ने योजना बनाएको छ ।
एनआरएनए यूकेद्धारा चन्दा संकलन
यसैवीच, गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतले पनि विद्यार्थीहरुलगायत ‘कोभिड १९’ बाट पीडितलाई सहयोग गर्ने भन्दै चन्दा संकलन सुरु गरेको छ । इंग्ल्याण्ड राज्य परिषद्का अध्यक्ष दिपक श्रेष्ठको संयोजकत्वमा एनआरएनए यूकेले कोभिड १९ आपतकालिन सहयोग कोष स्थापना गरि चन्दा उठाउन सुरु गरेको हो ।

विस्तृत खाका र योजना बिनै पीडितलाई सहयोग गर्ने भन्दै आर्थिक संकलन गरिएको छ । कति रकम उठाउने र क-कसलाई वितरण गर्ने भन्ने बारेमा स्पष्ट खाका अहिलेसम्म सार्वजनिक गरिएको छैन् । यो समाचार तयार गर्दासम्म ५१ जनाले सहयोगको घोषणा गरेका छन् । जसमा अधिकांश एनआरएनए यूके कार्यसमिति पदाधिकारीहरु, सल्लाहकारहरु र विभिन्न टाक्सफोर्समा बसेका व्यक्ति छन् ।
व्यक्तिहरुद्धारा पनि चन्दा संकलन
यता, बेलायतमा यूनी ल्याडर कन्सल्टेन्सीका सिईओ गणेश खड्काले व्यक्तिगत पहलमा नेपाली विद्यार्थीका लागि चन्दा उठाइरहेका छन् । उनले गत साता सामाजिक संजाल फेसवुकमा आर्थिक संकलन गर्न स्वयंसेवी खोजिरहेको पोष्ट समेत गरेका थिए ।
त्यस्तै, अर्का एक जना विज एजुकेसनका निर्देशक हरी कार्कीले आर्थिक संकलन गरि केही विद्यार्थीलाई वितरण गरिसकेको बताइन्छ । यद्यपि उनले विवरण सार्वजनिक गरेका छैनन् ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?