लन्डन, (जीएनएन) । ब्रिटिश सांसद तथा लेबर पार्टीका नेता वीरेन्द्र शर्मा कोरोना भाइरसको संक्रमणपछि उपचार गराइ घर फर्केका छन् ।
हाल आफ्नै घरमा आराम गरिरहेका सांसद शर्माले गत साता कोरोना भाइरसका सामान्य संकेत देखिएपछि आफूलाई हिलिंग्डन अस्पतालमा भर्ना गरिएको र जांचपछि आफूमा सो भाइरस रहेको पाइएको बताए ।
एक ट्वीट गर्दै ७२ वर्षीय सांसद शर्माले अहिले आफू संक्रमणबाट मुक्त भएको जनाएका छन् । उनले आफ्नो उपचारमा संलग्न हिलिंग्डन अस्पतालका चिकित्सक, नर्स लगायत एनएचएसलाई हार्दिक धन्यवाद दिएका छन् ।
सांसद शर्माले सबै ब्रिटिश नागरिकहरुलाई घर भित्रै बस्न र भाइरसबाट जोगिन सल्लाह पनि दिएका छन् ।
यसैबीच एनआरएनएका निवर्तमान केन्द्रिय उपाध्यक्ष कुल आचार्यले शर्माको पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन् । एक संदेशमा उनले भने, ‘नेपाल र नेपालीका शुभचिन्तक एवम् हितैषी, इलिङ्ग साउथहल निर्वाचन क्षेत्रलाई प्रतिनिधित्व गर्नु हुने ब्रिटिश सांसद वीरेन्द्र शर्मा कोरोना भाइरसको संक्रमणलाई जितेर उपचारपछि घर फर्कनु भएको तथा घरमै आराम गरिरहनु भएको खबर सुनेर साह्रै खुसी लागेको छ । म सांसद शर्माको पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु ।’
सन् २००७ मा पहिलोपटक ब्रिटिश संसदको तल्लो सदन, हाउस अफ कमन्समा निर्वाचित सांसद शर्मा त्यसयता लगातार पांचपटक निर्वाचित भैसकेका छन् । उनी अल पार्टी पार्लियामेन्ट्री ग्रुप अन नेपालका अध्यक्ष पनि हुन् ।
लन्डनमा एम्नेस्टी इन्टरनेसनलको वार्षिक प्रतिवेदन सार्वजनिक, ‘शिकारी’ विश्व व्यवस्था लागू गर्न लागिएको आरोप
टि डब्लू वारियरले जित्यो १७औँ यलम्बरहाङ कपको उपाधि
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
लन्डनमा लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न
चलचित्र पत्रकार सङ्घ नेपालको अध्यक्षमा पुनः समीर बलामी निर्वाचित
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
नेपाल र हंगेरी: असन्तुष्टिले कसरी परिवर्तन ल्याउँछ?
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा