लन्डन । बेलायतमा शनिबारसम्म कोभिड १९ बाट मर्नेको संख्या १०१९ पुगेको छ । शुक्रबार यो संख्या ७५९ रहेकामा एकैदिन २६० जनाले ज्यान गुमाएका हुन् ।
यसैबीच, बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायतवासी नेपालीलाई घरैमा सुरक्षित रहन अपिल गरेका छन् । बेलायतमा कोरोना भाइरस (कोभिड १९) संक्रमण तीव्र फैलिरहंदा राजदूत सवेदीले शनिबार व्यक्तिगत सन्देश पठाएका हुन् ।
बेलायत सरकारले पनि अहिले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र सरसफाइमा जोड दिइरहेको छ । बेलायत गत सोमबारदेखि ‘लकडाउन’ को अवस्थामा छ । अटेर गरे प्रहरीलाई जरिवाना तिराउन सक्ने अधिकार दिइएको छ ।
बेलायतमा रहेका नेपालीहरुलाई कोरोना भाइरसको महामारीका बारेमा सूचना आदानप्रदान, आवश्यक सहयोग र समन्वय गर्न दूताबासले विभिन्न समिति गठन गरेको छ । राजदूत सुवेदीको अध्यक्षतामा कोरोना प्रकोप सूचना आदानप्रदान, समन्वय तथा सहयोग समिति र अन्य विषयगत समितिहरु गठन गरिएको हो ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?