लन्डन। ब्रिटिश प्रधानमंत्री बोरिस जोनसन कोरोना भाइरसबाट संक्रमित भएको पाइएको उनको कार्यालयले जनाएको छ ।
उनमा कोभिड-१९ का हल्का संकेतहरु देखिएका र उनी आफ्नै सरकारी निवासमा एकान्तवासमा बसी रहेको टेन डाउनिंग स्ट्रीटले जनाएको छ ।
इंगल्याण्डका मुख्य चिकित्सा अधिकारी प्रा. क्रिस व्हिटीको व्यक्तिगत सल्लाहपछि उनको परीक्षण गरिएको थियो । “कोरोना संकटसंग जुध्न ब्रिटिश सरकारको प्रयासको उनले नै नेतृत्व गर्ने छन्,” वक्तव्यमा भनिएको छ ।
सेल्फ आईसोलेसनमा बसेपछि अहिले पनि प्रधानमन्त्रीका हैसियतले जोन्सनले कोरोना भाईरसको मारबाट मुलुकलाई बाहिर ल्याउन काम गरिरहेको मुख्य मेडिकल अफिसर व्हिटीको विज्ञप्तीमा उल्लेख छ ।
एनएचएस कर्मचारीले प्रधानमन्त्री निवासमा गएर स्वास्थ्य जाँच गर्दा उनमा कोरोना संक्रमित भेटिएको थियो । हिजो बिहीबार प्रधानमन्त्री निवासअघि एनएचएसका स्टाफहरुलाई धन्यवाद दिँदै उनले ताली बजाएका थिए ।
बेलायतमा हालसम्म ११ हजार ६ सय व्यक्तिमा कोरोना भाइरस देखिएको छ भने ५ सय ७८ व्यक्तिको मृत्यु भैसकेको छ । विश्वभर हजारौँ मानिसको ज्यान लिइसकेको उक्त भाइरसबाट लाखौँ संक्रमित छन् र यो क्रम दिनानुदिन बढदो छ ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?