लन्डन । नेपालमा हाउजिङ क्षेत्रमा प्रख्यात रोड शो रियल स्टेट प्रा.लि.ले दीप
हाउजिङ पोखरा र यज्ञपुरी हाउजिङ, चितवनका अत्याधुनिक घरहरु धमाधम विक्री भइरहेको जनाएको छ । ति घर मोर्गेजमा समेत उपलव्ध गराउने व्यवस्था भएको उक्त स्टेटका बेलायत प्रतिनिध वाचस्पति रेग्मीले आइतबार एउटा पत्रकार भेटघाटमा जनाए ।
बेलायतवासी नेपालीले यहींको आम्दानी देखाएर १५ वर्ष सम्मको मोर्गेजमा घर खरिद गर्न सकिने रेग्मीको भनाइ छ । ‘घर खरिद पनि सुरक्षित लगानीको एउटा प्रमुख पाटो हो’, रेग्मीले भने, ‘ग्राहकलाई बिना झण्झट सर्वसुलभ तरिकाले घर उपलव्ध गराउन कम्पनी लागिरहेको छ ।’ उनका भनाइमा एक करोड बीस लाख देखि एक करोड ७० लाख रुपैयांसम्मका घर विक्रीमा छन् ।
गोर्खा दरबार रेष्टुरेन्ट फेल्थाममा आयोजित पत्रकार भेटघाटमा रेग्मीले दीप हाउजिंगका एकसय आठ घर र ७ तले भवनको ४० अपार्टमेन्ट विक्री शुरु भएको उल्लेख गरे । ति घरमा बार, स्वीमिङ पुल, ब्यांगकिट हल, लाइब्रेरी, जिम, निशुल्क इन्टरनेट जस्ता सुविधा रहेको रेग्मीले जनाए ।
नेपालमा हाउजिङका आफ्नै समस्या छन् । पैसा तिरिसकेर पनि ग्राहकले समयमा घर लालपूर्जा नपाउनु, कमसल सामाग्री प्रयोग, सरिसकेपछि अतिरिक्त शुल्क आदि समस्या सुनिएपनि रोड शो उल्लेखित समस्याबाट टाढा रहेको दावी रेग्मीको छ ।
उक्त स्टेटले महाराजगञ्ज हाउजिङ, धुम्बाराही हाउजिङ, बुढानिलकण्ठ हाउजिङ, नारायण भवन रेसिडेन्सी ललितपुर, भाटभटेनी अपार्टमेन्ट जस्ता प्रोजेक्ट सम्पन्न गरिसकेको छ ।
कार्यक्रममा कम्पनीले मितेरी गाउं पोखरा, बर्दिवास र यज्ञपुरी चितवनमा जग्गा प्लटिङका काम गरिसकेको र अन्य कयौं प्रोजेक्ट पाइपलाइनमा रहेका जनाउने एउटा भिडियो समेत प्रदर्शन गरिएको थियो ।
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण