लण्डन । साउथ इष्ट लण्डनको प्लमस्टिडमा बसोबास गर्दै आएका ४० वर्षीय प्रशान्त अर्यालको निधन भएको छ ।
उनलाई निवासमै अस्वस्थ भएपछि एम्बुलेन्स बोलाई शनिबार क्वीन एलिजावेथ अस्पताल, वुलवीच लण्डन लगिएको थियो । गए राति उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
चितवन बसैनी घर भएका अर्याल करिब २३/२४ वर्षदेखि लण्डनमा बसोबासरत रहेको बुझिएको छ । चितवन एड ट्रष्ट युकेका अध्यक्ष जीवन सेनका अनुसार परिवारलाई अस्पतालले उनको निधन भएको जानकारी दिए पनि शव हेर्न दिएको छैन ।
उनी श्रीमती र एक छोरा, एक छोरीका साथ लण्डनमा रहेको बुझिएको छ । उनको मृत्युको कारण पत्ता लाग्न ७२ घण्टा लाग्ने बताइएको छ ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?