लन्डन । बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या सोमबार ५५ पुगेको छ । मर्ने सबै ६० वर्ष उमेर माथिका रहेका समाचारमा उल्लेख छ ।
सोमबारसम्म १५४३ जना संक्रमित भएका बेलायतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेसम्म ४४ हजार बढिले कोरोना भाइरसको परिक्षण गराइसकेका छन् ।
कोरोना भाइरस फैलने क्रम तीव्र भएपछि बेलायत सरकारले पब, रेष्टुरेन्ट, सिनेमा घर, थिएटर लगायत सामाजिक जमघटमा नजान अपिल गरेको छ ।
प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार आयोजित एउटा पत्रकार सम्मेलनमा भाइरस फैलन नदिन अरुसंग सम्पर्क कम गर्न र जरुरी बाहेकको यात्रा नगर्न भनेका छन् । प्रधानमन्त्री जोन्सनले सम्भव भए घरैबाट काम गर्न पनि सुझाएका छन् । विशेष गरि गर्भवती महिला र ७० वर्षमाथिका व्यक्तिले सल्लाह अनुशरण गर्न महत्वपूर्ण हुने उनले बताए ।
प्रधानमन्त्रीले उच्च ज्वरो र निरन्तर खोकी लागे सबै परिवारलाई १४ दिनसम्म घरैमा बस्न अनुरोध पनि गरेका छन् ।
सरकारको आग्रहसंगै रोयल ओपेरा हाउस बन्द गरिएको छ ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?