लन्डन । बेलायतमा कोरोना भाइरसबाट अहिले ५ देखि १० हजार ब्यक्ति संक्रमित भएको हुन सक्ने एक उच्च अधिकारीले दावी गरेका छन् । बेलायत सरकारका विज्ञानसम्बन्धी प्रमुख सल्लाहकार सर प्याटरिक भ्यालेन्सले बिहीवार सो तथ्याँक पेश गरेका हुन् ।
बेलायतमा कोरोना भाइरसका कारण बिहीवारसम्म १० जनाको मृत्यु भएको छ भने ५९० जनामा संक्रमण भेटिएको छ । बेलायतकी कनिष्ठ स्वास्थ्य मन्त्री नदिन डोरिज पनि भाइरसबाट संक्रमित भएकी छन् । ब्रिटेनमा २९ हजार बढिले यसको परिक्षण गराइसकेका छन् ।
नेशनल हेल्थ सर्भिस् (एनएचएस) इंग्ल्याण्डले एकै दिन १० हजार जनाको परिक्षण गर्ने योजना बनाएको छ भने नतिजा सरदर २४ घण्टाको सट्टा अझ छिटो दिइने उसको लक्ष्य छ ।
बेलायत सरकारले उच्च तापक्रम वा निरन्तर खोकी लागे ७ दिन घरमै अलग (सेल्फ आइसोलेसन) रहन सुझाएको छ ।
उता, बेलायतले कोरोना भाइरस नियन्त्रणका लागि १२ अर्ब पाउण्ड खर्च गर्ने भएको छ । अर्थमन्त्री ऋषि सुनाकले बुधबार संसदमा यस वर्षको बजेट प्रस्तुत गर्दै अर्थतन्त्र सुधार तथा कोरोना भाइरस नियन्त्रणका लागि ३० अर्ब पाउण्ड घोषणा गरेका छन् । जसमध्ये १२ अर्ब पाउण्ड कोरोना भाइरस नियन्त्रण तथा ७ अर्ब पाउण्ड ब्यवसाय तथा कामदारका लागि छुट्टयाइएको छ ।
उक्त बजेटले पूर्वाधार लगानीमा आउंदो ५ वर्षमा ६०० अर्ब पाउण्ड भन्दा बढी खर्च गर्नेछ । सडक, रेल, ब्रोडब्याण्ड, हाउजिङ आदिमा महत्वकांक्षी खर्च योजना सरकारको छ ।
बेलायतको आर्थिक वृद्धिदर यस वर्ष १ दशमलब १ प्रतिशत मात्र बढ्ने अनुमान छ, जुन कोरोना भाइरसले पार्ने प्रभाव बाहेकको भविष्यवाणी हो ।
कोरोना भाइरसले अर्थतन्त्रलाई पार्ने सम्भावित असरलाई मध्यनजर गर्दै बैंक अफ इंग्ल्याण्डले बुधबार बिहान ब्याजदर ०.५ प्रतिशत घटाइ ०.२५ बनाएको छ । बेलायत सरकारको आगामी पांच वर्षमा करिब १०० अर्ब पाउण्ड ऋणभार बढ्ने देखिएको छ ।
सत्तारुढ कन्जरभेटिभ पार्टीले परम्परागत रुपले भन्दा यसपटक वित्तीय अनुशासनको फरक मोडेल अनुरुप ऋणभार बढाएर बजेट प्रस्तुत गरेको लन्डनस्थित अर्थ ब्यवस्थापन जानकार विकलचन्द्र आचार्य बताउंछन् । कोरोना भाइरसले अस्थिरता छाइरहंदा बेलायतको अर्थतन्त्र यस वर्ष थप संकट उन्मुख हुने देखिएको आचार्यले बताए ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार औपचारिक रुपमा कोरोना भाइरस (कोभिड १९) संक्रमणलाई महामारी घोषणा गरेको थियो । एकै समयमा विश्वका कयौं देशमा जीवाणु फैलिएपछि डब्लुएचओले महामारी घोषणा गरेको हो । ११ वर्ष अघि ‘एच वान एन वान’ भाइरसका बेला पनि महामारी घोषणा गरिएको थियो जसमा विश्वभर ४ लाख मानिस मरेका थिए ।
‘कोभिड १९’ का कारण यतिखेर विश्व नै आतंकित छ । चीनको वुहानबाट उत्पत्ति भएको कोरोना भाइरस अहिले एकसय ११ भन्दा बढि मुलुकमा फैलिसकेको छ ।
हालसम्म ४ हजार ६०० बढिको मृत्यु भइसकेको छ भने एकलाख २५ हजार बढि संक्रमित भएका छन् ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण